News

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली 

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली 

टेलिभिजन प्रस्तोता रवि लामिछानेका लागि चन्दा संकलक ज्वाला संग्रौला पत्रकारलाई तथानाथ गर्दै थर्काएकी छिन् । अभियानका नाममा संकलन गरिएको चन्दा र त्यसको पारदर्शिताका विषयमा प्रश्न उठाएपछि उनी आफु र हिमाल उपाध्याय नामका ब्यक्तिलाई प्रयोग गरेर पत्रकारलाई थर्काएकी हुन् ।

प्रस्तोता लामिछानेको नेतृत्वमा निर्माण भएको रास्कोट अस्पतालको निर्माणका लागि आफुले अभियान चलाएर २५ लाख रुपैयाँ संकलन गरेर सहयोग गरेको उनले बताइन् । ब्यक्तिगत रुपमा पनि आफूले लामिछानेको उक्त अभियानमा ५ लाख रुपैयाँ सहयोग गरेको उनको दावी छ।

आफूलाई सामाजिक अभियन्ता बताउने संग्रौलाले ‘बिनोद रानाभाट वचाउन अभियान, ‘बुलन्द आवाज हेल्थपोष्ट अभियान’ लगायतका नाममा पनि रकम उठाइरहेकी छन् । यसबाहेक उनले विभिन्न अभियानका नाममा सहयोग रकम संकलन गरेर उक्त रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

संकलित रकम सामान्य सुगरको बिरामी र आफ्नै छोरा अभियन्ता भएका आशकुमार ताम्राकारलाई वाँडिएको विषय पनि चर्चाको विषय छ। संग्रौलालाई उनले हालसम्म चलाएका अभियान र संकलित रकमको पारदर्शिताबारे प्रश्न गर्ने क्रममा उनीहरुले उल्टै धम्की दिएका छन् ।

सवाल जवाफकै क्रममा हिमाल उपाध्याय नाम गरेका ब्यक्तिले अश्लील धम्की दिएको संवाद समेत सार्वजनिक भएको छ । 

मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ क मा उल्लेख भएअनुसार कसैले पनि कुनै व्यक्तिको लागि सहयोग, चन्दाभन्दै पैसा उठाउन पाउँदैनन् ।

अपराध संहिता, २०७४ को दफा १२६ क (उपदफा १)मा उल्लेख छ, ‘कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्बिर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमार्फत आह्वान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन ।’

कानुनअनुसार यदि कसैले यस्तो गरेका उक्त व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । सँगै उक्त व्यक्तिले सहयोग वा चन्दाको नाममा प्राप्त गरेको नगदी वा जिन्सी जफत हुन्छ ।

अपराध संहिता, २०७४ को दफा १२६ क (उपदफा २)मा भनिएको छ, ‘उपदफा (१) बजोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ ।’

विशेष