News राजनीति

नेताहरुमाथिको कारबाही फिर्ता नभएसम्म ओलीसँगको वार्ता ‘क्लोज’: नेपाल समुह

नेताहरुमाथिको कारबाही फिर्ता नभएसम्म ओलीसँगको वार्ता ‘क्लोज’: नेपाल समुह

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताका लागि शीर्ष नेताहरुमाथिको कारबाही फिर्ता लिनु पर्ने वटम लाईन तयार गरेको छ ।

शिर्ष नेताहरुको कारवाही फिर्ता नलिएसम्म ओली पक्षसँग औपचारिक वार्ता नगर्ने रणनीति नेपाल समुहले तयार गरेको छ ।

बिहीबार सुरु भएको केन्द्रीय कमिटीको ‘भर्चुअल’ बैठकले खनाल र नेपालसहितका आफ्नो पक्षका नेताहरुमाथिको कारबाही फिर्ता नभएसम्म औपचारिक वार्ता नगर्ने निर्णय लिएको हो । 

बैठकले अहिले एमालेमा उत्पन्न सबै समस्याको जड अध्यक्ष ओली नै रहेको निष्कर्ष निकालेको केन्द्रिय सदस्य दिलु पन्तले वताईन । बैठकका निर्णय शनिबार विज्ञप्तिमार्फत् सार्वजिनक गर्ने तयारी छ ।

वार्ताका लागि पनि अनन्तकालसम्म पर्खेर वस्न नसकिने वैठकको निस्कर्ष छ । ‘वार्ता कहिलेसम्म गर्ने भन्ने समय सीमा तोकिएको छैन, यसरी पर्खेर वस्न सकिदैन भन्ने विषयमा पनि वैठकमा छलफल भयो’– पन्तले भनिन् ।

खनाल–नेपाल समूहका नेताहरु घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराई केही दिनदेखि ओलीपक्षका दोस्रो तहका नेताहरुसँग अनौपचारिक संवादमा रहेकै बेला खनाल–नेपाल समूहको बैठकले औपचारिक वार्ता गर्न नसकिने निष्कर्ष निकालेको हो ।

खनाल–नेपालसहित ११ सांसदलाई ओलीपक्षले कारबाही गरेको छ भने थप १२ सांसदलाई स्पष्टीकरण सोधिएको छ । 

बैठकले आफ्नो समूहका तर्फबाट एकताका लागि अन्तिमसम्म प्रयास गर्ने तर सहमति हुनै नसके विकल्पमा जाने निर्णय लिएको छ । 

बैठकले लोकतन्त्र र राष्ट्रियता पक्षधर शक्तिहरुबीच सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै सरकारले गरेका जनविरोधी निर्णयको भर्त्सना गरेको भुसालले बताए । संसद् विघटन, चुरो दोहनलगायतका सरकारका जनविरोधी कदम भएको भन्दै बैठकले यसको विरोध गर्ने निर्णय पनि लिएको उनले बताइन।

खनाल–नेपाल समूहले पार्टी एकता बचाईराख्न पार्टी संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा फर्काउनुपर्नेलगायतका ६ बुँदे शर्त राखेको छ ।

विशेष