News

काम नपाएपछि भारतीय अभिनेत्रीले सुरु गरे यौनधन्दा

काम नपाएपछि भारतीय अभिनेत्रीले सुरु गरे यौनधन्दा

विश्वमा कोरोना भाईरसको असर चौतर्फि वढ्दै गएको छ । संक्रमण वढ्दै जाँदा रोजगारी गुमाउनेको संख्या पनि वढेको छ । छिमेकी राष्ट्र भारतमा पनि यसका दर्दनाक घट्नाहरु सार्वजनिक भईरहेका छन् ।

भारतमा बुधबार प्रहरीले एक घरमा छापामारी गरेर सेक्स र्याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ । जसमा दुई अभिनेत्रीले समेत छन् ।

सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताए । काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएको उनीहरुले जनाएका छन् ।

पक्राउ परेका दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्याकेट एजेन्टको सम्पर्कमा थिए । प्रहरीको खासै डर नभएकाले उनीहरुले यौन कर्मका ठाणे शहरलाई छानेको पाईएको छ। दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि जनाएको छ।

प्रहरीले यसलाई हाई प्रोफाइल सेक्स ¥याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ । 

विशेष