News

वावुको किरिया वसेका छोरावुहारीको आगलागिमा मृत्यु

वावुको किरिया वसेका छोरावुहारीको आगलागिमा मृत्यु

मादी नगरपालिका–५ च्याङरिङमा आगलागी हुँदा वावुको काजकृया गर्न वसेका छोरावुहारीको मृत्यु भएको छ । च्याङरिङका  ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो।

बुबाको किरियामा बसेका दम्पतीको आगलागीमा परेर गएराति १ बजे मृत्यु भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको स्थानीय स्वास्थ्य संस्थामा लाने क्रममा बाटोमा र श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीहरु साताअघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरियामा बसेका थिए । मृतक दम्पती किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घरतर्फ गएको थिए । 

निकै बेर नफर्किएपछि खोजी गर्ने क्रममा उनीहरु घरभित्रै फेला परेका थिए । ढोका लगाएको अवस्थामा आगालागि भएकाले आत्महत्या भएको हुन सक्ने स्थानीय जनप्रतिनिधिहरुले वताएका छन् । 

बुबा काजकिरियाका लागि चार छोराबुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए । 
 

विशेष