News राजनीति

नेपाल पक्षका केन्द्रिय सदस्य भन्छन्– ओलीका सामू झुकेर कुनै सहमति हुँदैन

नेपाल पक्षका केन्द्रिय सदस्य भन्छन्– ओलीका सामू झुकेर कुनै सहमति हुँदैन

नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको दोस्रो दिनको वैठक सुरु भएको छ।

बिहीबार देखि सुरु भएको छलफलमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बसेको हो। हिजो करिव ६० जनाले आफनो धारणा राखेका थिए ।

धारणा राखेका केन्द्रीय सदस्यहरुमा कतिपयले पार्टी एकजुट वनाउन पहल गर्नुपर्ने वताएका छन् भने कतिपयले केपी ओलीका सामू झुकेर कुनै सहमति नगर्न दवाव दिएका छन्। छलफलमा नयाँ पार्टी दर्ताको प्रकृया सुरु गर्ने विषयमा निर्णय गर्न समेत दवाव सुरु भएको केन्द्रिय सदस्य दिलु पन्तले जानकारी दिईन्।

आज सबै केन्द्रीय सदस्यहरूको छलफल सकिएपछि नेतृत्वले आगामी रणनीति बारे आवश्यक निष्कर्ष दिने बताइएको छ। 
 

विशेष