News राजनीति

प्रदेश २ मा आफनै सरकार ढाल्न उपेन्द्रको चलखेल

प्रदेश २ मा आफनै सरकार ढाल्न उपेन्द्रको चलखेल

जनता समाजवादी पार्टी (जसपा), नेपालका नेताहरुको टकरावको असर प्रदेश २ सरकारमा परेको छ। 

जसपा उपेन्द्र यादव–वावुराम भट्टराई पक्षले प्रदेश २ मा सरकार परिवर्तनका लागि गृहकार्य सुरु गरेका छन् । यो समुहले कांग्रेससँग छलफल सुरु गरिसकेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव प्रदेश २ मा नयाँ सत्ता समीकरणको प्रस्तावसहित कांग्रेसका उपसभापति विमलेन्द्र निधि कहाँ पुगेको जनाईएको छ ।

यादवले शुक्रबार बिहान निधिलाई मध्यबानेश्वर स्थित निवासमै भेट गरेको स्रोतले जनाएको छ । प्रदेश २ को सरकारमा सहभागी हुन उनले कांग्रेसलाई आग्रह गरेका थिए। यादवले राखेको प्रस्तावमा निधिले केन्द्रकै राजनीति अनुसार प्रदेश २ मा सत्ता समीकरण गरौं भन्दै जवाफ दिएका थिए।

प्रदेश २ मा कांग्रेस, माओवादी केन्द्र, जसपाको सरकार बनाउन सकिने निधिको प्रस्ताव थियो। तत्कालीन संघीय समाजवादीका ३० कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसदले सुविधायुक्त बहुमत पुग्दछ। सरकार बनाउन हाल कायम १०४ सांसदको बहुमत संख्या ५३ आवश्यक पर्दछ।

निधिले करिब २ वर्ष बाँकी अवधिमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माग गरेको जनाईएको छ ।

निधि र यादवबीच केन्द्रको राजनीति अनुसार अघि बढ्दा प्रदेश २ को नामाकरण र राजधानीमा समेत सहमति जुट्ने सक्ने गरी छलफल भएको थियो। छलफल लगत्तै जनकपुर पुगेका छन् । 
 

जनता समाजवादी पार्टी उपेन्द्र यादव कांग्रेसका उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा सरकार परिवर्तन

विशेष