News

भारतसँगको साँठगाँठमा मन्त्री परिषद पुनर्गठनः नेपाल समुह

भारतसँगको साँठगाँठमा मन्त्री परिषद पुनर्गठनः नेपाल समुह

नेकपा एमालेको खनाल–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँठगाँठ गरी मन्त्री परिषद पुनर्गठन गरेको आरोप लगाएको छ।

उक्त समुहले जसपाबाट नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको ‘विखण्डनकारी’ अभिव्यक्तिको जबाफ ओलीले दिनुपर्ने निष्कर्ष पनि निकालेको छ।

सत्ता जोगाउन ओलीले अवाञ्छित स्वदेशी मात्रै नभई विदेशी खासगरी भारतसँगको मिलोमतोमा जसपाको राजेन्द्र महतो पक्षलाई आफ्नो मन्त्रिपरिषद्मा सामेल गराएको र त्यो लगत्तै योजनावद्ध तरिकाले महतोको ‘अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भन्ने अभिव्यक्ति आएको भन्दै त्यसको जबाफ ओलीले दिनुपर्ने निष्कर्ष निकालेको हो।

शनिबार सम्पन्न यो पक्षको स्थायी कमिटी बैठकमा आफ्नो पार्टीसँगै ओलीद्धारा पुनगर्ठित मन्त्रिपरिषद्, महतोको विवादस्पाद अभिव्यक्ति, संसद विघटन, चुरेबाट गिट्टीढुंगा निकासको निर्णयलगायतमा केन्द्रीत भएर नेताहरुले छलफल गरेका थिए।

बैठकमा सोमल स्थायी कमिटी सदस्य बेदुराम भुसालले मुलुकको संविधानको धारा ३ विपरीत महोतोको देश टुक्राउने अभिव्यक्ति आएको र यसमा प्रधानमन्त्री ओलीले नै तत्काल जबाफ दिनुपर्ने निष्कर्ष निकालेको बताए।

बैठकमा चुरेबाट गिट्टी ढुंगा निकासी गर्ने सरकारको निर्णय राष्ट्रघाती भएको भन्दै त्यसको निरन्तर विरोध गर्ने निष्कर्ष पनि निकालिएको छ।
 

विशेष