News

आफ्नै सरकारका उपप्रधानमन्त्रि महतोको अभिव्यक्ति ‘राष्ट्रघाती’ भन्दै ऐन महरको आक्रोश

आफ्नै सरकारका उपप्रधानमन्त्रि महतोको अभिव्यक्ति ‘राष्ट्रघाती’ भन्दै ऐन महरको आक्रोश

नेकपा एमालेको विद्यार्थी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष ऐन महरले आफ्नै पार्टी नेतृत्वको सरकारका उपप्रधानमन्त्रि राजेन्द्र महतोको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै आक्रोश व्यक्त गरेकाछन् । 


महरले उल्लेख गरेकाछन, ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । 

जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारका अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्य रहेको भन्दै महरले उपप्रधानमन्त्रि महतोको कडाशब्दमा आलोचना गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुमा लेखेकाछन, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ । उक्त राष्ट्रघाती अभिव्यक्ति किमार्थ मान्य हुँदैन अविलम्ब  फिर्ता लिन आग्रह गर्दछु ।’

उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शुक्रबार पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्ध रहेको भन्दै आलोचना भइरहेको छ ।

यस विषयमा प्रधानमन्त्री केपी ओली र अन्य मन्त्रीहरुको औपचारिक धारणा सार्वजनिक भएको छैन । खनाल–नेपाल निकट १८ जन संगठनले महताले विवादित भनाइका लागि माफी माग्नसमेत माग गरेका छन् ।

नेकपा एमाले ऐन महर राजेन्द्र महतो

विशेष