News

राजेन्द्र महतोले दिएको अभिव्यक्ति ‘राष्ट्रघाती र विखण्डनकारी’ भन्दै जंगिए झलनाथ खनाल

राजेन्द्र महतोले दिएको अभिव्यक्ति ‘राष्ट्रघाती र विखण्डनकारी’ भन्दै जंगिए झलनाथ खनाल

नेकपा एमालेबाट निस्कासित माधव-खनाल समुहका वरिष्ठ नेता झलनाथ खनालले उपप्रधानमन्त्रि तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकाछन् ।

 
महतोले दिएको अभिव्यक्ति सोझै राष्ट्रघाती, अराजक, विखण्डनकारी र संविधान विरोधी भएको भन्दै यस्तो अवस्था आउनु दुर्भाग्यपुर्ण र खेदपुर्ण रहेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् । 


खनालले लेखेकाछन्, ‘काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री राजेन्द्र महतोले सपथ लिएको केही घण्टा पनि बित्न नपाउँदै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति  सुन्दा मलाई आश्चर्यचकित पारेको छ । यो अभिव्यक्ति सोझै राष्ट्रघाती अभिव्यक्ति हो । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैर जिम्मेवार अराजक, विखण्डनकारी र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण छ ।’
 

Jhalanath Khanal

विशेष