News

महेश बस्नेत गृहमन्त्री बन्ने चर्चा सुरु भएपनि उनलाई रोक्न एमाले नेत्रीहरु लबिङमा !

महेश बस्नेत गृहमन्त्री बन्ने चर्चा सुरु भएपनि उनलाई रोक्न एमाले नेत्रीहरु लबिङमा !

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार १७औँ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) तर्फबाट उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोसहित ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् ।

अझै पनि गृहसहित ७ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाकि नै छ ।  प्रधानमन्त्री ओलीले केहि दिनमा बाँकि मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दैछन् ।

सातमध्ये मन्त्री नियुक्त गर्न बाँकी रहेको गृह मन्त्रालयमा युवा नेता महेश बस्नेतको नाम चर्चामा छ। बस्नेत प्रधानमन्त्री ओलीका सच्चा प्रशंसक पनि हुन् । उनले ओलीलाई ‘बा’ भन्दै सम्वोधन गर्ने गरेका छन् ।

काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रकरणमा माओवादीको प्रतिरोध गरेदेखी वस्नेत चर्चामा आएका हुन् । २०६५ वैशाखमा अपहरणपछि श्रेष्ठको हत्या गरिएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका उनको शव २८ वैशाख बिहान नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। 

यता, बस्नेत गृह मन्त्री बन्ने चर्चा सुरु भएपछि एमालेकै महिला नेतृहरु क्रोधित  देखिएका छन् । बस्नेतलाई मन्त्री बनाउन नहुने भन्दै उनीहरुले लबिङ्ग सुरु गरेको जनाईएको छ । 

युवा संघको अध्यक्ष, मन्त्री हुँदा तथा पार्टीको राजनीतिमा जिवनमा समेत वस्नेतले महिलाहरुमाथि सधैं धोका र षडयन्त्र गरेको महिला नेतृहरुको आरोप छ । पटक पटक प्रतिवद्धता जनाएर पनि कार्यान्वयन नगर्ने उनको स्वभावले आफुहरु पहिलै देखि आजित भएको उनीहरुको भनाई छ। आश्वासन वाँड्ने तर, प्रतिवद्धता पुरा नगर्ने गरेको महिला नेतृहरुको आरोप छ । 


अर्कोतर्फ उनको राजनीतिक पुष्ठभुमी पनि अपराधिक तथा विरोधाभासपुर्ण छ। ओलीका अगाडि आफुलाई सहि सावित गर्न उनी जस्तोसुकै फण्डा प्रयोग गर्न तयार हुन्छन ।

वस्नेतले कुनै समय मसाल जुलुसमा अवरोध गरेको भन्दै प्रहरीलाई नै आगो लगाएका थिए । सुरक्षार्थ खटिएका प्रहरीलाई नै जिउँदै जलाउन खोज्ने दुस्साहस गर्ने तिनै वस्नेत अहिले गृहमन्त्री वन्न खोजेको पनि एउटा समुहले आरोप लगाएको छ। 

प्रहरी माथि नै आगो लगाउने वस्नेतकै नाम गृहमन्त्रीका लागि चर्चामा आउनु दुर्भाग्य भएको एमालेकै नेताहरु वताउँछन् ।

केपी शर्मा ओली महेश बस्नेत नेकपा एमाले

विशेष