News

उपेन्द्रको चन्दा पचाउन ओलीले रघुविरलाई वनाए उपप्रधानमन्त्री ! 

उपेन्द्रको चन्दा पचाउन ओलीले रघुविरलाई वनाए उपप्रधानमन्त्री ! 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पुनर्गठन गरेको मन्त्री परिषद विवादित र ओलोचित वन्न थालेको छ। ओलीले आफनो कुर्षि जोगाउन विभिन्न फण्डा प्रयोग गर्ने क्रममा यो कदम चालिएको विश्लेषकहरु वताउँछन् । 

ओलीले दवाव र प्रभावमा मन्त्री परिषद पुनर्गठन गरेको उनीहरु वताउँछन् । जसपमा उपेन्द्र महतोको प्रभाव प्रत्यक्ष अनुभव भएको छ । उपेन्द्र महतोका भाइ बिरेन्द्र महतोले ओलीलाई करोडौं चन्दा दिने गरेको खुलेआम बताउने गरेका छन् । 

उनै उपेन्द्रका बहिनी र ज्वाई हुन्– जुली र रघुविर महासेठ । उपेन्द्रको बिदेशमा रहेको कालो धन बैद्य बनाउन सरकारको सहयोग चाहिने भएकाले उनकै दवावमा रघुविरलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री वनाईएको चर्चा छ ।

उपेन्द्रको माछापुच्छे् र सानिमा बैंकमा अस्वभाविक र संकास्पद करोबार हुने गरेको श्रोतको दावी छ । माछापुच्छे्मा आफनो सेटिङ्ग मिलाउनकै लागि उपेन्द्रले भाइ बिरेन्द्रलाई अध्यक्ष बनाएका छन् । हुन त बिरेन्द्र महतो बिबादास्पद ब्यक्ती हुन। महिलासँग जोडिएर उनको नाम कयौं पटक चर्चामा आउने गरेको छ ।

उनलाई एक पटक उपेन्द्र यादबले सांसद पनि बनाएका थिए। उनले चन्दाको गुण तिर्न सांसद पद नजराना चढाएको जानकारहरु वताउँछन् । मुर्खतापुर्ण काम गर्ने र युवतीहरुसँग जोडिने उनको छविकै कारण उनी राजनितिमा सफल हुन सकेनन् ।

त्यसैले विरेन्द्रलाई माछापुच्छ«ेमा थन्क्याएर उपेन्द्रले रघुविर र जुलीलाई राजनीतिमा अगाडि वढाएको वताईन्छ । 

जुलीसँग विवाह भएपछि रघुबिरको आर्थिक–राजनैतिक हैसियत अस्वभाविक रुपमा बढेको छ। उनी बिरेन्द्र भन्दा चलाख भएकाले उपेन्द्रको आशिर्वाद पाएको जानकारहरु वताउँछन् । उपेन्द्रकै कारण उनले चाँडो–चाँडो राजनीतिमा फड्को मार्ने गरेको स्रोतको दावी छ।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) तर्फबाट उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोसहित ८ जना मन्त्री र २ जना राज्यमन्त्री पनि ओलीको कुर्षि जोगाउने क्रममै मन्त्री परिषदमा पुगेका हन् ।

यसअघि नै उपसभामुखको चर्चामा रहेकी समानुपातिक सांसद चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय हात परेको छ। उनले भारत समर्थक सांसदको छवि बनाएकी छिन् । चन्दा चीनप्रति निकै अनुदार मानिन्छन् । सी विचारधाराबारे केही महिनाअघि बहस हुँदा उनले खुलेरै एक अनलाइनमा चीनविरोधी लेख लेखेकी थिइन् ।

जसको सार थियो–सी विचारधारा त अंगाल्न हुँदै हुँदैन, चीनबाट सहयोग लिंदा पनि विचार गर्नुपर्छ ।’ 
 

नेकपा एमाले केपी शर्मा ओली उपेन्द्र महतो बिरेन्द्र महतो रघुविर महासेठ जुली महतो

विशेष