News

पेटमा समस्या आएपछि रघुजी पन्त अस्पताल भर्ना

पेटमा समस्या आएपछि रघुजी पन्त अस्पताल भर्ना

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। उनलाई काठमाडौँ मोडल अस्पतालमा भर्ना गरिएको छ ।

अत्याधिक पेट दुखेपछि उनी तीन दिन अघि नै अस्पताल भर्ना भएका हुन । पन्तले गत मंसिरमा मात्रै पित्तथैलीको शल्यक्रिया गरेका थिए।

माधवकुमार नेपाल पक्षतिर रहेका पन्त नेता नेपालले आयोजना गरिरहेका केन्द्रीय र स्थायी कमिटी बैठकहरुमा भने उपस्थित भईरहेका छैनन् ।

पन्त जेठ २ गते एमाले एकताका लागि गठित कार्यदलका सदस्यसमेत थिए। तर नेपाल पक्षका अर्का नेता भीम रावल पार्टीबाट निस्काशित भएपछि कार्यदल निष्कृय बनेको छ। यद्यपी अन्य केहि सदस्यहरु भने अहिले पनि पार्टी एक गराउने छलफलमा कृयासिल छन् । 
 

विशेष