News

मन्त्रिपरिषद् पुनर्गठन संविधान विपरीतः प्रचण्ड

मन्त्रिपरिषद् पुनर्गठन संविधान विपरीतः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले शनिबार आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै दाहालले ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको बताए।

यो समयमा कोरोना महामारीविरुद्ध लाग्नुपर्ने भन्दै सबैलाई एकताबद्ध हुन पनि दाहालले आग्रह गरे । संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताबीच पु¥याउन शिक्षकहरूलाई उनले आग्रह गरेका छन् ।
 

विशेष