News

प्रदेश २ मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रदेश २ मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रदेश २ सरकारले सोमवार प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ को सिद्धान्त, उद्देश्य, विधेयक तथा प्राथमिकता प्रस्तुत गरेका हुन ।

मन्त्री यादवले प्रस्तुत गरेको बजेट सिद्धान्तमा कोरोना महामारी नियन्त्रणको लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण देशको समग्र अर्थ व्यवस्थामा गम्भिर असर परेको अवस्थामा प्रदेश सरकार समेत राजस्व संकलनमा संकुचन आएको उल्लेख गरिएको छ ।

यसैगरी, कोरोना महामारीको दोश्रो लहरले पारेको प्रभावलाई नियन्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष ०७८–०७९ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु समावेश गरिएको छ ।

प्रदेश सरकारबाट विगतका वर्षहरुका महत्वकांक्षी प्रादेशिक योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी बजेट केन्द्रित रहने दाबी गरिएको छ ।

प्रदेशसभाको भोलि दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयकको प्रथमिकतामाथि छलफल हुने छ । 
 

विशेष