News राजनीति

ओलीले थाङनामा सुताए भन्दै बिलौना गाउँदै एमाले बनेका पूर्वमाओवादी !

ओलीले थाङनामा सुताए भन्दै बिलौना गाउँदै एमाले बनेका पूर्वमाओवादी !

सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गरिदिएपछि ओली तिर लागेका पुर्व माओवादी नेताहरु यतिवेला  विलखवन्धमा परेका छन् ।

ओलीले विभिन्न आश्वासन दिएर रोकेपनि अहिले आएर ति आश्वासन पुरा नभएपछि उनीहरु आफुहरु ‘घरको न घाटको’ भएको महसुस गर्न थालेका छन् । केहि नेताहरुले त आन्तरिक छलफलका क्रममा मुखै खोलेर ‘ओलीले थाङनामा सुताए’ भन्दै गुनासो गर्न थालेको स्रोतको दावी छ।

सर्वोच्चको यो फैसलासँगै मन्त्री समेत रहेका माओवादी सांसदहरु पद जोगाउन २०७५ जेठ २ कै अवस्थामा फर्किनु  पर्ने थियो । अर्थात माओवादी केन्द्रमा फर्किनुपर्ने थियो । तर, उनीहरु माओवादीमा फर्किन अस्विकार गर्दा सांसद पद गुमाए । 

बरु सांसद पद नै गुमाउन तयार रहेको भन्दै उनीहरु साविकको माओवादी केन्द्रमा फर्किन मानेनन्। 

पूर्व माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा एमालेमै रहे । बादल र भट्ट प्रचण्डको कोटाबाट मन्त्री भएकाथिए भने रायमाझी, साह र थापाले प्रचण्डसँग विद्रोह गरेर पूर्व माओवादी छाडेका हुन्। 

माओवादी छोड्ने ओलीले वादललाई पार्टी उपाध्यक्ष वनाउने चर्चा चलेको थियो । यसैगरी अन्य नेताहरुलाई पनि विभिन्न आश्वासन दिएर एमाले प्रवेश गराए। तर, अहिलेसम्म ओलीले आफनो प्रतिवद्धता पुरा नगरेको उनीहरुले वताउन थालेका छन् ।

वालुवाटार निकट श्रोतका अनुसार ओलीले आफनो आवश्यक्ता अनुसार नेताहरुलाई प्रयोग गर्ने र सोहि उदेश्य अनुसार पुर्व माओवादी नेताहरु प्रयोग भएका हुन । तत्काललाई उनीहरुको आवश्यक्ता सकिएकाले पुराना प्रतिवद्धता पनि पुरा हुनेमा शंका रहेको श्रोतले जनाएको छ ।

विशेष