News

चर्काे स्पिकर बजाउने जन्ति रोक्न खोज्दा झडप, डिएसपी सहित ६ प्रहरी घाईते

चर्काे स्पिकर बजाउने जन्ति रोक्न खोज्दा झडप, डिएसपी सहित ६ प्रहरी घाईते

निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।


गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ ।

प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।
 

विशेष