News राजनीति प्रदेश २

सरकारमा काग्रेस र माओवादीलाई सहभागि गराउन प्रदेश २ का मन्त्रालय फुटाउने तयारी

सरकारमा काग्रेस र माओवादीलाई सहभागि गराउन प्रदेश २ का मन्त्रालय फुटाउने तयारी

वीरेन्द्र रमण

जनकपुर– जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समुह संघीय सरकारमा सहभागि भएपछि पार्टी विभाजनको अवस्थामा पुगेको छ ।

पार्टी विभाजन हुन लागेपछि उपेन्द्र यादव पक्षले जसरी पनि प्रदेश–२ को सरकार जोगाउने दाउमा लागेका छन् । यसका लागि मन्त्रालयहरु फुटाएर भएपनि काग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउने रणनिति सुरु गरिएको छ ।

स्रोतका अनुसार मन्त्रालय फुटाएमा महतो र ठाकुरको पक्षमा समेत रहेका प्रदेश सभा सदस्यहरु मन्त्री बन्ने लोभमा आफु तिर आउने उनिहरुको रणनीति छ। यसका लागि साम, दाम, दण्ड, भेद सवै सुत्र प्रयोग गरिने सम्भावना छ ।

विषेश गरेर भौतिक पुर्वाधार मन्त्रालयलाई फुटाएर सिचाई, समाजिक विकासलाई फुटाएर शिक्षा, स्वास्थ्य, उद्योग पर्यटन वन तथा वातावरण मन्त्राललाई फुटाएर उद्योग, वन, कृषिलाई फुटाएर कृषि सरकारी बनाउने तयारी गरिएको छ। 

स्रोतका अनुसार प्रदेश सभाका सांसदलाई तान्नका लागि मन्त्रालय फुटाएर उनिहरुलाई समेत मन्त्री बनाउने तयारीमा रहेको बताइएको छ । प्रदेश २ सरकारलाई जोगाउनका लागि उपेन्द्र यादव आफै जनकपुरमा अड्डा जमाएर बसेका छन ।

नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिसँगको भेटपछि यादव जनकपुर आएर महतो र ठाकुर खेमाका सांसदलाई आफनो पक्षमा तान्ने दाउमा लागेका छन । एक जना नेताका अनुसार एक÷दुई दिनमा जे गर्नुपर्ने हो सबै हुने बताएका छन ।

यसैगरी, प्रदेश २ मा सत्ता समिकरण फेरबदल हुने संकेत देखिएको समयमा जनता समाजवादी पार्टीले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा श्रोतले जनाएको छ । बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको जानकारी दिए ।

केन्द्रमा महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाका बिच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराउन लगाएका हुन् ।

बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले सो निर्णयमा हस्ताक्षर गर्नुका साथै अन्य केही प्रदेशसभा सदस्यहरुललाई समेत पक्षमा ल्याउने तयारी भईरहेको छ ।

३६ भन्दा बढी प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित प्रदेशसभा सचिवालयमा लालबाबु राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी छ ।

विशेष