News

जनमैत्री अस्पतालमा अर्को काण्डः ८ लाखको विल असुल गर्न विरामी नै कब्जा !

जनमैत्री अस्पतालमा अर्को काण्डः ८ लाखको विल असुल गर्न विरामी नै कब्जा !

चर्चित सञ्चारकर्मी रवी लामिछानेले सञ्चालन गरेको वालाजुस्थित जनमैत्री अस्पतालले विरामीमाथि गर्ने गरेको अर्को अमानवीय ब्यवहार सार्वजनिक भएको छ ।

यसअघि सोहि अस्पतालले विरामी भर्ना गरेकै १ लाख रुपैयाँ असुलेको प्रमाण फेला परेको थियो। जुन सरकारले तोकेको भन्दा वढि शुल्क हो ।

‘निःशुल्क तथा सर्वसुलभ उपचार’ भनेर विज्ञापन गर्ने उक्त अस्पतालले अहिले कञ्चनपुर जिल्लाका अर्का एक जना विरामीलाई पैसा नतिरेको भन्दै चौविस घण्टा कब्जा गरेको घट्ना सार्वजनिक भएको छ । 

हिजो (जुन ७, २०२१ सोमवार) नेपाली रियाक्सन युट्युव च्यानल मार्फत सार्वजनिक भएको एउटा भिडियोमा रामवहादुर नामका आफन्तले उक्त अस्पतालको वारेमा गुनासो गरेका छन् । जनमैत्री अस्पतालमा करिव ८ लाखको बिल तिर्न नसक्दा २४ घण्टासम्म विरामीलाई कब्जा गरेर राखेको उनले गुनासो गरेका छन् ।

आफुलाई परेको समस्या उनले यसरी सुनाएका छन् । हामी कञ्चनपुरवाट काठमाण्डौंमा आएर सामान्य किराना पसल चलाएर जिविका गर्दै आएका छौं । यसैक्रममा मेरो सालीलाई स्वास प्रस्वासको समस्या देखियो । निशुल्क उपचार हुने भन्ने सेनकाले जनमैत्री अस्पतालमा भर्ना गर्यो । सुरुमा त वेड छैन भनेर ढिम्किनै दिएनन् । पछि अनेक प्रयत्न गर्दा एमर्जेन्सीमा भर्ना गर्यो । पिसिआर गर्दा कोरोना पोजेटिभ देखियो । करिव २५ दिन अस्पताल राखेपछि अस्पतालको खर्च ६ लाख ४४ हजार २५० र फार्मेसीको डेढ लाख गरेर पैसा जम्मा गर्न भनियो । 

निशुल्क उपचार गर्ने भनेको अस्पतालले यत्रो रकम मागेपछि म समस्यामा परेको छ। डिस्चार्ज गरिसकेको विरामीलाई अस्पतालले कब्जा गरेर राखेको छ । उकासेर लान सक्ने अवस्था छैन । निशुल्क उपचारका लागि विरामीका आफन्तले भर्नु पर्ने फर्मका वारेमा अस्पतालले कहि भनेर भन्ने प्रस्तोताको जिज्ञासामा उनले भनेका छन्–‘जनमैत्रीले गरिवलाई निशुल्क उपचार गर्छ भनेर आयौं। त्यो फर्मका विषयमा हामीलाई कसैले जानकारी पनि गराएन। हामीले थाहा पनि पाएनौं। 

रवीसँग यस विषयमा कुरा भएको छैन। तर, वहाँको अभियानका सदस्य र अस्पताल प्रशासनका मान्छेसँग कुरा भएको छ। केहि छुट गर्दिउँला भनेका छन् । तर, हामीसँग केहि प्रतिशत छुट गरेर पनि तिर्न सक्ने पैसा छैन।’

सालीको उपचारकै क्रममा घरका अन्य दुई जना सदस्य पनि कोरोना संक्रमित भएर उपचार गराईरहनु परेकाले खर्च धान्ने अवस्थामा नभएको लाचारी प्रकट गरेका उनले जसरी भएपनि विरामी घर लाने वतावरण वनाई दिन आग्रह गरेका छन् ।

यो पनि

रवी लामिछानेको अस्पतालमा फेरी अर्को काण्ड

हेर्नुहोस रवी लामिछानेको ठगी धन्दा (प्रमाणसहित)

रबिको ठगिधन्दा बाहिरिएपछि फिल्मी शैलीमा पैँसा लेनदेनको भिडियो बनाए

रवी लामिछाने जनमैत्री अस्पताल

विशेष