News प्रदेश ७

संरचना उस्तै, रकममा एघार लाखको फरक 

संरचना उस्तै, रकममा एघार लाखको फरक 

सुनिल धामी 


बझाङ्गको छबिस पाथिभेरा ७ स्थित मजखोरी माबिको शौचालय विवादमा नयाँ तथ्य फेला परेको छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा बन्दै गरेको शौचालयको लागत र वनावटमा निक्कै फरक पाईएपछि विवादमा तानिएको विषयमा निरन्तर ‘फ्लो अप’का क्रममा थप तथ्यहरु फेला परेका छन् । 


ग्रामिण जलस्रोत व्यववस्थापन परियोजनाल जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ७ को मजखोरी माबिमा शौचालय निर्माण गरिरहेको छ । परियोजनाले छविस पाथिभेरा ६ को बाठपाली माविमा पनि मजखोरी माविको जस्तै बनावट र स्टमेट भएको शौचालय निर्माण गरिरहेको छ । संरचना उस्तै, बनावट उस्तै, स्टिमेट उस्तै, बजेट उस्तै तर शौचालय निर्माणमा लागेको खर्चमा भने कल्पना गर्न नसकिने भिन्नता भएको तथ्य फेला परेको छ । परियोजना कै सहयोगमा बनेको शौचालय बाठपाली माविले भने करिब १२ लाखमा बनाएर देखाएको छ । 

यसै आर्थिक वर्षमा परियोजनाले गाउँपालिकाको वडानं ६ र ७ का दुईवटा सामुदायिक विद्यालयमा महिना स्वच्छता मैत्री र अपांगता मैत्री शौचालय निर्माणको लागि बजेट विनियोजन गरेको थियो । वडानं ६ को बाठपाली माविमा व्यवस्थापन समितिले शौचालय निर्माणको जिम्मा पाएपछि परियोजनाको बजेट आवश्यकता भन्दाबढि भएको आकलन गरेर रकमको सहि तरिकाले परिचालन गर्ने योजना बनाएर काम गरेको विव्यसस्रोतले जानकारी दियो । विव्यसका एकजना पदाधिकारी भन्छन्,  ‘परियोजनाले शौचालय निर्माणका लागि आवश्यकता भन्दाबढि रकम विनियोजन गरेको थियो । हामीले स्थानिय ठाँउमा स्टिमेट अनुसारको शौचालय ११ देखि १२ लाखमा निर्माण गर्न सकिने सजिलै आकलन गर्याै र सोहि अनुसार टेण्डर मार्फत घटिघटाउमा शौचालय निर्माण कार्य सम्पन्न भयो ।’


परियोजनाबाट आएको रकम मध्ये बाठपाली माविको विव्यसले करिब पाँचलाख नगद विद्यालयको खातामा बचत गरेको छ । शौचालय निर्माण गरेर पनि आवश्यकता भन्दा बढि भएको ५० बोरा सिमेन्ट र अन्य निर्माण सामाग्रि पनि विद्यालयसँग सुरक्षित रहेको छ । एकजना स्थानिय अगुवाले दिएको जानकारी अनुसार प्राविधिकलाई दिनुपर्ने १५ प्रतिशत, समितिको यातायात खर्च लगाएतका सम्पुर्ण खर्च कटाएर पनि अझै ४ लाख पचास हजार नगद र सिमेन्ट सहित निर्माण सामाग्रि बचेको छ ।

 
यता मजखोरी माविको शौचालय निर्माणमा भने १८ लाखको  ठेक्का मार्फत नै काम गरिरहेको भएपनि घटिघटाउ गरिएको छैन् । विद्यालय व्यवस्थापन समितिका सिमित व्यक्ति र प्रधानाध्यापक जनक बोहराले मिलेमतोमा एक जना व्यक्तिलाई ठेक्का दिएका छन् । शौचालय निर्माणको विषयमा विद्यालय व्यवस्थापन समितिमा रहेका सदस्यहरु नै के भैईरहेको छ भन्नेबारेमा जानकार छैनन् । ग्रामिण जलस्रोत लगाएत अन्य निकायले उपलब्ध गराएको सबै रकम १८ लाख २१ हजार ६ सय ३६ मा ठेक्का दिएको छ । विद्यालय व्यवस्थापन समितिले व्यहोर्नुपर्ने ४ लाख ५५ हजार ४ सय बराबरको रकमको एउटा पनि काम भएको छैन । 


माथिको दुई विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबिच तुलना गर्दा  बाठपाली माविले करिब पाँच लाख नगद बचत गरेको छ । तर, मजखोरी माविले भने पुरै १८ लाखमा काम गरिरहेको छ । 


आर्थिक अवस्था निकै नाजुक भएको मजखोरी माविले निजिबाट तलब खुवाउने गरि नियुक्त गरिएका शिक्षकको २ वर्षदेखिको तलब खुवाउन नसकेको शिक्षक रामचन्द्र मण्डेलले जानकारी दिए । 


विगतमा निजि स्रोतबाट शिक्षण गरेका शिक्षकहरुले पनि विद्यालय छोडिसक्दासमेत तलब नपाएको गुनासो गरिरहेका छन् । मजखोरी मावि मै गणित विज्ञान शिक्षण गरेका विकास जप्रेलले विद्यालयबाट आफुलाई जानकारी नै नदिएर अर्काे विज्ञापन गरेको बताए । जप्रेलले विद्यालयबाट गत वर्षको लकडाउन अबधिभरीको तलब नदिएको बताए । उनि भन्छन्, ‘मलाई जानकारी नै नदिई विद्यालयमा अर्काे दरखास्त आह्वान गरेर निस्कासित गरियो । निस्कासन गरिसकेपछि मैले लकडाउन अवधि भरीको तलब माग गर्दा प्रधानाध्यापक र विव्यस अध्यक्षले दिन सकिदैन भने ।’


आर्थिक रुपमा टाट पल्टिएको मजखोरी माविले अन्य स्रोतबाट बचत हुन सक्ने रकमपनि मिलेमतो मै अपचलन गरिरहेको शिक्षक मण्डेल बताउँछन् । उनि भन्छन्, ‘विद्यालय सञ्चालन गर्नको लागि त आर्थिक स्रोत चाहिन्छ । कक्षा १२ सम्म अनुमति प्राप्त विद्यालयमा मावि तहमा निजिस्रोत बाट कक्षा सञ्चालन गर्नुपर्छ । अहिले प्रधानाध्यापक र व्यवस्थापन समितिले विद्यालयलाई कमाई खाने भाँडो बनाएकाछन् । यस्तै हो भने एक वर्षभित्र विद्यालय ८ कक्षामा झर्ने देखिन्छ ।’ 


शौचालय निर्माण गर्नको लागि परियोजनाले छुट्याएको रकमबाट पनि विद्यालयले चाहेको भए वचत गर्न सक्ने सरोकारवालाहरु बताउँछन् । वडानं सातसँगै जोडिएको वडानं छ को बाठपालीले बचाएको रकम मजखोरीले किन बचाएन? आर्थिक रुपमा टाँट पल्टेको मजखोरीले उपलब्ध भएको आर्थिक स्रोत सदुपयोग गर्नतिर किन ध्यान दिएन? सरोकारवालाहरु प्रश्न गर्छन ।


आर्थिक रुपमा टाँट पल्टेको मजखोरी ८ कक्षामा झर्ने खतारा
आफ्नै आर्थिक स्रोत नभएको मजखोरी माविले तत्काल स्रोत नखोज्नेहो भने माध्यामिक तहको विद्यालय नै नरहने चिन्ता स्थानियहरुले गरिरहेका छन् । अहिलेको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले विद्यालयको भविष्य र विद्यार्थिको भविष्यको बारेमा कुनै चाँसो नलिएको स्थानियहरु बताउँछन् । प्रधानाध्यापक जनक बोहरा विद्यालयमा नियमित उपस्थित नहुने गरेको विद्यालयका शिक्षक रामचन्द्र मण्डेल बताउँछन् । मण्डेलले विद्यालय आर्थिक रुपमा टाँट पल्टेर निजि शिक्षकलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको बताउँछन् । यसै तरिकाले विद्यालय सञ्चालन भए अर्को वर्ष कक्षा ८ मा झर्छ कि भन्ने चिन्ता शिक्षक मण्डेललाईं छ । 

ग्रामिण जलस्रोत

विशेष