News भिडियो

दुर्गा प्रसाईको लगानीमा प्रचण्डपुत्री गंगा र रेणुको घर (भिडीयो सहित)

दुर्गा प्रसाईको लगानीमा प्रचण्डपुत्री गंगा र रेणुको घर (भिडीयो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका मेडिकल सञ्चालक दुर्गा प्रसाईले प्रचण्ड पुत्री गंगा र रेणुलाई घर वनाउन पैसा दिएको खुलासा गरेका छन् ।

हालै सार्वजनिक भएको एउटा टिकटक भिडियोमा प्रसाई आफैले गंगा र रेणुको घर वनाउन पैसा दिएको खुलासा गरेका हुन । टिकटक भिडियोमा प्रस्तोताले ‘प्रचण्डको लगानी छ भनेको सुनिन्छ के हो ?’ भन्दै सोधेको प्रश्नमा उनले यस्तो खुलासा गरेका छन् । भिडियोमा प्रचण्डको के मा लगानी छ भन्ने विषय भने खुलेको छैन ।

@dilipneupana53 नामको टिकटक आईडिमार्फत सार्वजनिक भएको भिडियोमा उनले भनेका छन् –‘प्रचण्डको चाराना पैसा लगानी छैन, माँ कसम छैन। हावा कुरो क्या, फोगटिया कुरो । मैले अस्ति भनेंत, म दक्षिणकाली मातालाई साक्षी राखे भन्छु, प्रचण्डको चाराना पैसा लगानी छैन । मैले वरु गंगालाई घर वनाउँदा पैसा हालिदिएँ, रेणुलाई घर भनाउँदा पैसा हालिदिएको छु। ति वहिनीहरुलाई घर वनाउँदा, मेरो पारिवारीक रिलेसन छ। गंगा–रेणुलाई घर वनाउँदा वरु मैले घर वनाउँदा पैसा हाल्दिएको। सहयोग गरेको।’

दुर्गा प्रसाईको लगानीमा प्रचण्डपुत्री गंगा र रेणुको घर (भिडीयो)

दुर्गा प्रसाई प्रचण्डपुत्री गंगा र रेणु घर वनाउन पैसा

विशेष