News

जर्णेलकी श्रीमतीको चुल्ठो समाँत्ने गुरुङ मन्त्री बनिन !

जर्णेलकी श्रीमतीको चुल्ठो समाँत्ने गुरुङ मन्त्री बनिन !

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा शुक्रवारदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त जसपाकी रेणुका गुरुङवारे सैनिक वृत्तमा राम्रै चर्चा शुरु भएको छ ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहका झण्डै डेढ दर्जन सांसदमध्ये मन्त्री नियुक्त १० जनामा गुरुङ एक्लो गैरमधेशी समुदायको हुनुुहुन्छ ।

खोटाङमा जन्मेर बैंशालु जीवन इटहरीमा बिताउनुभएकी गुरुङ नेपाली सेनाको एक जना पूर्वअधिकृतको अर्धाङ्गिनी पनि हुनुहुन्छ । गुरुङ्ग लेफ्टिनेण्ट कर्णेलमा लामो समय रहेर प्रमुख सेनानी (लेखा समूह) बाट दुई वर्षअघि सेवानिवृत्त केदार भुजेलकी श्रीमती हुनुहुन्छ । भुजेलले सिपाहीबाट सेनाको सेवा शुरु गरेको सैन्य स्रोतले बताएको छ ।

उनी त्यसपछि बेसिक २६ को अफिसर भएका थिए । श्रीमान अधिकृत भएपछि उनको सरुवासँगै त्यतै जाने क्रममा भुजेल दम्पत्ति केही वर्षअघि काठमाडौंको डल्लुस्थित सैनिक अधिकृत क्वार्टरमा बसेको थियो ।

त्यहि आवासमा पछि प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सैनिक सचिव समेत बनेका एकतारे जर्नेल खड्ग मल्लको परिवार पनि बस्थ्यो ।

रहँदा बस्दा मल्लकी श्रीमतीले आशंकासहित धेरै पटक कराउँदा र एकाध पटक भुत्ल्याउँदा गुरुङले पनि मल्लकी श्रीमतीको चुल्ठो समाएको देख्नेहरु अहिले प्रधानमन्त्रीले मन्त्रालयको जिम्मेवारीचाँहि मिलाएरै दिएको भन्न थालेका छन् ।

‘मल्लकी श्रीमतीले के कुरामा शंका गरिन् थाहा छैन,’त्यतिबेलाका प्रत्यक्षदर्शी एकजना भूपू सैन्य अधिकृतले भने ‘भुजेलकी श्रीमती गुरुङले चाँहि मल्लकी श्रीमतीको चुल्ठो समाएर सिनियरको श्रीमती हुँदैमा जे पायो त्यहि बोल्न मिल्छ ? भन्दै हकारेकी थिइन् ।’

म्याग्दीका मल्ल यसअघिकाको पालामा एक तारे जर्नेल भएर सैनिक सचिवको रुपमा कार्यरत थिए । उनी पनि सेवानिवृत्त भइसकेका छन् ।

गुरुङले पछिल्लो स्थानीय निर्वाचनमा टोखा नगरपालिकाबाट उपमेयरमा प्रतिस्पर्धा गर्दा ९९ मत ल्याएकी थिइन् ।


यो सामग्री जनआस्थावाट साभार गरिएको हो । 
 

विशेष