News

विरामीलाई थुनेर रकम असुलेको घट्नामा संलग्नता नभएको रविन्द्र सिंहको दावी

विरामीलाई थुनेर रकम असुलेको घट्नामा संलग्नता नभएको रविन्द्र सिंहको दावी

ललितपुरको कुपण्डोल स्थित सर्वाङ्ग अस्पताल प्रालीले कोरोना संक्रमितलाई थुनेर १२ लाख ८६ हजार ५ सयको विल थमाएको विषयसँग नाम जोडिएका रविन्द्र सिंहले उक्त घटनामा आफनो संलग्नता अस्विकार गरेका छन् ।

नेपाल आजले (बिहिबार, १३ जेठ २०७८) मा प्रकाशित गरेको सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल शिर्षकको समाचारका विषयमा सिंहले इमेल पठाएर उक्त घट्नामा आफनो संलग्नता नभएको जानकारी गराएका छन् । विरामीलाई थुनेर रकम असुलीका लागि कागज वनाएको घट्नामा आफनो संलग्नता नरहेको पुष्टि गर्ने आधार समेत प्रस्तुत गर्ने उनले दावी गरेका छन् ।

समाचारमा कुपण्डोलका इन्द्र सिहंलाई अस्पतालका व्यवस्थापक रन्जन खनालका नजिकका मित्र  रविन्द्र सिहं ‘रवी’ सिहंको अनुरोधमा आईसियु उपलब्ध गराएको उल्लेख थियो । रविन्द्र सिंह कोभिड संक्रमित इन्द्र सिहंका चिनेजानेका मान्छे पनि हुन् ।

सिंह अस्पताल भर्ना भएको १८ दिनपछि १२ लाख ८६ हजार ५ सयको विल थमाईएको थियो । पछि ८ लाख ४० हजारमा कुरा मिलाईएको थियो । 

यो पनि 

नेपाल आज प्रभावः सर्वाङ्ग अस्पतालमा स्वास्थ कार्यालयको छापा

विशेष