News

‘म बाँच्छु अनि बचाउँछु अभियान’ बझाङमा पनि सञ्चालन

‘म बाँच्छु अनि बचाउँछु अभियान’ बझाङमा पनि सञ्चालन

धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी विभाग प्रमुख रहेका डा. सुरेन्द्र ऐरको नेतृत्व रहेको ‘म बाँच्छु अनि बचाउँछु अभियान’ले बझाङमा पनि फोनबाट मंगलबारदेखि परामर्श सेवा दिनेदिईरहेको छ । बझाङ युवा समाजको समन्वयमा सञ्चालन हुने कार्यक्रममा कोभिड विरामी र सर्वसाधारणलाई फोन मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिईने छ । 


कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र कोभिड सङ्क्रमण नभएकाहरुलाई पनि अन्य स्वास्थ सम्बन्धि परामर्श दिने उदेश्य रहेको यो कार्यक्रम सुदूरपश्चिमका अन्य जिल्लामा पनि सञ्चालन हुने छ । 
कोभिड संक्रमित विरामीहरुको मानसिकता कमजोर नहोस् भनेर कार्यक्रम गर्न लागिएको बझाङ  युवा समाजका अभियानता बिकास बिस्टले जानकारी दिए । 

डा सुरेन्द्र ऐरको नेतृत्वमा सञ्चाल भैईरहेको ‘म बाँच्छु अनि बचाउँछु अभियान’ अन्र्तगत विशेषज्ञ डाक्टरहरुले फरक फरक समयमा फोनबाट परामर्श गराउने छन् । कोरोना संक्रमित व्यक्ति र कोरोना संक्रमण नभएका व्यक्ति विशेषज्ञ डाक्टरहरुको मोबाईलमा फोन गरेर स्वास्थ्य सम्बन्धि निःशुल्क जानकारी लिन सक्ने बझागं युवा समाजका विस्ट बताउँछन् । विशेषज्ञ डाक्टरहरुको सम्र्पक नम्बरका सामाजिक सञ्जाल तथा बझागं युवा समाजको फेसबुकमा उपलब्ध गरिएको छ । 
 

विशेष