News

बालिका खड्का बनाइने डरमा एमाले नेत्रीहरु ! 

बालिका खड्का बनाइने डरमा एमाले नेत्रीहरु ! 

मन्त्रीपरिषद बिस्तार गर्दा गृह मन्त्रालयमा केही बिबादस्पद ब्यक्तिको नाम चर्चामा आएसंगै नेकपा एमालेका युबा नेत्रीहरुले आन्तरिक विरोध जारी राखेका छन ।

उनीहरुले संगठनको नेतृत्वमा रहँदा महिला नेत्रीहरुसँग कार्यबिभाजनका क्रममा नाजायज सौदाबाजी गरेको व्यक्तिलाई कुनैपनि हालतमा राज्यको संबेदनशील जिम्मेवारी दिन नहुने लबिङ्ग गरेका हुन । सार्वजनिक रूपमा खुल्न नचाहेका उनीहरुले विभिन्न स्रोतमार्फÞत प्रधानमन्त्री केपी ओलीलाई खबर पठाएका छन । त्यसरी अभियान चलाउने नेत्री मध्य केहीको ओलीसँग सोझो सम्बन्धसमेत रहेको छ । 

भित्रभित्र अभियान चलाइरहेको भएपनि ति नेत्रीहरु सार्वजनिकरूपमा उत्रन सकेका छैनन । नेपाल आजको सम्पर्कमा आएकी युबा संघकी पूर्ब केन्द्रीय नेत्रीका अनुसार बालिका खड्काको नियति भोग्नुपर्ने भए सबैमा छ । उनले भनिन, ‘बालिकासँग शेरधन राईजीको सम्बन्ध थियो तर पार्टीले सुनुवाइ गरेन ।

अहिले बालिका प्रधानमन्त्रीको सचिवालयबाट सडकमा पुगेकी छन। उता राई मुख्यमन्त्रीको जिम्मेवारीमा ।’ ति नेत्रीका अनुसार ति बिबादस्पद नेताको सौदाबाजीमा कमिटीका अधिकाश नेत्री परेका थिए । ‘उनको हिमचिमका कारण कमिटीमा रहेका केहीको सम्बन्ध बिच्छेदसम्म भयो । ओपनसेक्रेट छ तर मूल नेतृत्व दाहिने भएपछि के लाग्यो?’ ती महिला नेत्रीले गुनासो गरिन । 

पार्टीका नेताहरुलाई सबै कुरा थाहा भएर पनि बुच पचाइएको उनको आरोप छ । हाल ओली समुहमै सक्रिय उनले भनिन, ‘पार्टीमा यो तहको बिबाद नभएका बेला माधब नेपालले यो बारेमा सार्बजनिकरूपमा ध्यानाकर्षण गराएका थिए । सहिदका श्रीमती ताकेको महिला नेत्रीहरुमाथि आँखा लगाउनेलाई ओलीले संरक्षण गरेको भनि बोलेकै हुन ।’ 

आफू हिंसामा परेको भनि दाबी गर्ने अधिकांश विवाहित हुन । न न्याय पाहिने न त घरबार रहने डरकै कारण तै चुप मै चुपको स्थिति रहेको उनले गुनासो गरिन । नेपाल आजलाई प्राप्त पीडित दाबी गर्ने पात्रको बयान, केही सम्बन्धित सूचना र सामग्रीका आधारमा यो समाचार प्रकाशित गरिएको हो । यद्यपी बिषयको संवेदनशीलतालाई ध्यानमा राखी ठोस प्रमाणबिना पीडक भनिएका सम्बन्धित नेताको नाम यहाँ उल्लेख नगरिएको हो ।

विशेष