News

काठमाडौमा विप्लवको युवा संगठनले मनायो कोभिड–१९ दिप प्रज्वलन कार्यक्रम

काठमाडौमा विप्लवको युवा संगठनले मनायो कोभिड–१९ दिप प्रज्वलन कार्यक्रम

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको युवा संगठन उपत्यका बिशेष ब्युरोले उपत्यकाका जिल्ला र उपत्यका नजिकका जिल्लामा मंगलबार कोभिड–१९ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । 


विप्लव नेतृत्वको युवा संगठन उपत्यका ब्युरो अन्तरगतका  भक्तपुर, ललितपुर, नुवाकोट, काठमाण्डौं जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । 


कोरोना संक्रमितलाई स्वास्थ लाभको कामना गर्दै संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन कार्याक्रम सम्पन्न गरेको युवा संगठनका उपत्यका इन्चार्ज प्रबिन धामीले जानकारी दिए । 


कोरोना भाईरसँग सामुहिक लडाई गरे जित्न सकिने भन्दै सबै जना लागि पर्न ब्युरो इन्र्चाज धामीले अनुरोध गरे । उनि भन्छन्, ‘एक्लैले नभई सामुहिक संर्घषको हातेमालो गरे कोरोना भाईरसको लडाई जित्न सकिन्छ । सामुहिक रुपमा कोभिड १९ सँग लड्नकालागि सबै नागरिकले सामाजिक र मानविय भावनाकासाथ  संर्घष गर्न सबैमा युवा संगठन नेपाल उपत्यका बिशेष ब्युरो हार्दिक अनुरोध गर्दछ ।
 

विशेष