News Technology

निषेधाज्ञामा यसरी लिन सकिन्छ घरबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (पान)

निषेधाज्ञामा यसरी लिन सकिन्छ घरबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (पान)

सरकारले कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर अनिवार्य गरेको छ ।

यदी तपाईंसँग प्यान नम्बर छैन भने तपाईंको तलब रोकिने छ । सरकारले २०७६ साउनदेखि स्थायी लेखा नम्बरबाहक बाहेक अन्यलाई दिइने तलब तथा ज्यालाको भुक्तानीलाई खर्चमा लेखाउन नपाउने व्यस्था गरेसँगै प्यान नम्बर नभइ कर्मचारीको तलब खुवाउन कम्पनीहरुलाई समेत समस्या पर्ने छ ।

२०७६ साल जेठ १५ गते प्रस्तुत आगामी वर्षको आर्थिक विधेयक, २०७६ मा आयकर ऐन, २०५८ लाई संशोधन गरी व्यक्तिगत स्थायी लेखा नम्बर नलिएका जोसुकैले लिने तलबभत्ता तथा ज्याला खर्चलाई खर्च अमान्य हुनेछ भनिएको छ ।

गत आर्थिक वर्षहरूमा पनि कर्मचारी तथा कामदारहरूले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था भए पनि व्यवसायको खर्च कट्टी गर्न नपाउने भन्ने व्यवहारमा प्रयोग भएको थिएन । तर, २०७६ साउनदेखि कुनै पनि कामरसेवा गरी तलबभत्ता, ज्याला लिने सम्पूर्णले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्छ ।

हाल काम गरिरहेका तथा नयाँ नियुक्ति लिन जानेले नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत स्थायी लेखा नम्बर प्रतिलिपि पेस गरेपछि मात्र काम गर्न योग्य मानिनेछ अर्थात् निजलाई दिइएको तलबभत्ता, ज्यालालाई खर्चका रूपमा मान्य गरिने कुरा आर्थिक विधेयक, २०७६ मा उल्लेख छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर (P-PAN Card Registration) दर्ता गर्ने तरिका

➢ नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो र नागरिकताको अगाडि तथा पछाडिको Scan गरेर फाइल सुरक्षित गर्नुहोस ।

➢ गैर नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो, निज कार्यरत रहेको कार्यालयको सिफारिस, बिदेशी भनी प्रमाणित गराउने प्रमाणित कागजात संलग्न  राखी Scan गरेर फाइल सुरक्षित गर्नुहोस ।

➢ "Mozilla Firefox" browser खोल्नुहोस् ।
➢ ird.gov.np टाइप गरि Enter key हान्नुहोस् ।
➢ Taxpayer Portal मा Click गर्नुहोस् ।
➢ Registration(PAN,VAT,EXCISE) को Application for Registration मा Click गर्नुहोस ।
➢ Username, Password, Re-Password, Contact No. Entry गर्नुहोस ।
➢ Personal PAN चेक बक्समा Click गर्नुहोस ।
➢ Verify गने अफिस छान्नको लागि -

  • आन्तरिक राजस्व कार्यालयको लागि IRO मा Click गरिआफ्नो पायक पर्ने कार्यालय छान्नुहोस् ।
  • करदाता सेवा कार्यालयको लागि TSO मा Click गरि आफ्नो पायक पने पर्ने कार्यालय छान्नुहोस्।

➢ OK मा Click गर्नुहोस ।
➢ Continue मा Click गर्नुहोस । (Submission No. टिप्नुहोस्)
➢ नाम र थर नेपाली र अंग्रेजीमा Entry गर्नुहोस ।
➢ बि.सं. वा इ.सं. छानि जन्म मिती Entry गर्नुहोस ।
➢ सलंगमा पुरुष/महिला/तेस्रो लिङ्गी मध्ये एक छान्नुहोस् ।
➢ Scan गरेर राखेको Photo दायां तर्फको Browse मा Click गरेर Photo को फाइल छानेर Upload गर्नुहोस ।

➢ Citizenship Card को दायां तर्फको Upload Document भनेको Up Arrow बक्समा Click गर्नुहोस
➢ नागरिकता नं., नागरिकता जारी गर्ने कार्यालय, स्थान, जारि मिती Entry गर्नुहोस ।
➢ त्यसपछि Browse मा Click गरी Scan गरेको नागरिकताको फाइल Upload गर्नुहोस ।

  • गैर नेपाली नागरिकको हकमा माथी Scan गरेको फाइल Upload गर्नुहोस ।

➢ OK मा Click गर्नुहोस ।
➢ पेशागत License वा प्रमाणपत्र भए सो को नम्बर Entry गर्नुहोस ।
➢ कुनै कार्यालयमा काम गरेको भए कामको प्रकार पेशा छान्नु होस् । कार्यालयको सिफारिस समेत पेश गर्नु पर्छ । विधार्थी भएमा Others छान्नुहोस् ।
➢ पारिवारिक विवरण भर्नुहोस् ।
➢ स्थायी ठेगाना भर्नुहोस् ।
➢ अस्थायी ठेगाना भर्नुहोस् ।
➢ Save/Submit गर्नुहोस ।
➢ Print गरी छानेको कार्यालयमा गएर Verify गराइ कार्ड  बनाउन जानुहोस् ।

घरमै बसेर लिए बीस जनाले पान नम्बर

आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नं लिएका छन् । बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नं लिएका हुन् ।

कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नं उपलब्ध हुने सो कार्यालयले जनाएको छ ।

बनेको पान नं पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । तत्काललाई नं मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिएमा कार्यालय खुलेको समयमा आएर लैजान सकिने व्यवस्था मिलाइएको छ ।

विशेष