Technology विदेश

फ्रान्सका राष्ट्रपति माक्रोँलाई सार्वजनिक स्थलमै चड्कन, को हुन चड्कन हान्ने?

फ्रान्सका राष्ट्रपति माक्रोँलाई सार्वजनिक स्थलमै चड्कन, को हुन चड्कन हान्ने?

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला चड्कन हानिएको छ ।

सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए ।


त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हानेकाछन् । लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लिएका थिए ।

फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ । घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन् ।

‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन्,’ उनले एक पत्रिकालाई भने ।


को हुन चड्कन हान्ने?


माक्रोँलाई चड्कन हान्ने पुरुषले ‘मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए । त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ ।

हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन ।

स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ ।
 

एमानुएल माक्रोँ

विशेष