News राजनीति

अलमलमा कार्यदल: औपचारिक वैठक सुरु नुहँदै नेपाल पक्षले सिंहदरवार छोडे

अलमलमा कार्यदल: औपचारिक वैठक सुरु नुहँदै नेपाल पक्षले सिंहदरवार छोडे

सहमतिको मस्यौदा आजै सार्वजनिक गर्ने बताएको नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदल अलमलमा परेको छ। कार्यदलको औपचारिक बैठक अझै वस्ने सकेको छैन ।

वैठक वस्नका लागि दुवै पक्षका नेताहरु सिंह दरवारमा भेला भएपनि केहि वेरको अनौपचारीक छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू बाहिरिएका छन्। कार्यदलका पाँचैजना सदस्य ‘केही परामर्श गर्नुपर्ने छ’ भन्दै निस्किएका छन् ।

उनीहरू नेता नेपालसँग परामर्श गर्न गएको बुझिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू भने सिंहदरबारमै छन्। 

कार्यदलले शुक्रबारको बैठकमा विवादित विषयमा सहमति भएको नेताहरूले दाबी गरेका थिए। कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने उनीहरूको भनाई थियो ।

कार्यदलले एमालेको एकता जोगाउ पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको जनाइएको छ। नेता नेपालले केहि समयअघि अध्यक्ष ओलीलाई वुझाएको ६ वुदे माग पत्रमा पनि पार्टीलाई जेठ २ को अवस्थामा फर्काए सहमति वन्ने जनाएका थिए । तर, नेपाल पक्ष नेताहरुले भने अहिले वोली फेर्न थालेका छन् । जेठ २ को माग  आफुहरुको होईन भन्दै उनीहरुको अभिब्यक्ति सार्वजनिक हुन थालेको छ ।


यसैगरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गर्न सुरु गरेको थियो । तर, जेठ ८ गते नै प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधि सभाको विघटन गरेपछि निस्कृय भएको कार्यदल फेरी ब्युँतिएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए।

एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्चमा दायर रिटमा समावेश एमाले सांसदका हस्ताक्षर फिर्ताबारे कार्यदलमा सहमति भएको बताइएको छ। तर, के सहमति भन्ने अझै खुलेको छैन।

कार्यदल केपी शर्मा ओली माधवकुमार नेपाल

विशेष