News

सुरु भयो कार्यदलको वैठक, सहमतिको दस्तावेज सार्वजनिक गर्ने दाबी

सुरु भयो कार्यदलको वैठक, सहमतिको दस्तावेज सार्वजनिक गर्ने दाबी

नेकपा एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। कार्यदलले आजै सहमतिको अन्तिम दस्तावेज सार्वजनिक गर्ने दाबी गरेको छ ।

बैठकअघि नेपाल पक्षका सदस्यहरुले कोटेश्वरस्थित नेपाल निवास गएर उनलाई सहमतिको अन्तिम दस्तावेज देखाएका थिए। नेता नेपाललाई सहमतिको अन्तिम दस्तावेज देखाएपछि कार्यदलका सदस्यहरु सिंहदरबारमा बैठक बसेका हुन्।

शनिबार दिउँसो साढे दुई बजेका लागि वोलाईएको कार्यदल बैठक दुई घन्टा ढिला गरी सुरु भएको हो। दुवै पक्षका नेताहरु समयमै उपस्थित भएपनि वैठक भने सुरु भएन । अनौपचारीक छलफलपछि उनीहरु सिंह दरवारवाट वाहिरिएका थिए ।

त्यहाँवाट फर्केपछि औपचारीक वैठक सुरु भएको एक सदस्यले वताए । केपी ओली र माधव नेपाल पक्षधर पाँच÷पाँच जना सदस्यहरुसहितको एमाले विवाद समाधान कार्यदल केही दिनयता निरन्तर छलफलमा छ।

ओली र बिद्रोही पक्षका गरी १० सदस्यीय कार्यदलको बैठक पछिल्लो पटक लगातार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ। यो बीचमा ओली र नेपालबीच पनि होटल मेरियटमा लामो वार्ता भएको थियो। तर उनीहरुबीच कुरा नमिलेपछि फेरि कार्यदलको बैठकलाई नेताहरुले निरन्तरता दिएका हुन्।

शुक्रबार करिब सात घण्टा लामो छलफलबाट आफूहरुले पार्टी एकताका लागि सहमति जुटाएको र केही भाषिक परिमार्जन गर्न बाँकी रहेको ओली पक्षका नेता प्रदीप ज्ञवालीले दाबी गरेका थिए। 

यो पनि

अलमलमा कार्यदल: औपचारिक वैठक सुरु नुहँदै नेपाल पक्षले सिंहदरवार छोडे

कार्यदल

विशेष