News

विकासको दुर्गतीः २४ करोडको पुल संचालनमा नआउँदै भासियो

विकासको दुर्गतीः २४ करोडको पुल संचालनमा नआउँदै भासियो

सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएको छ। हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो पुल सञ्चालनमा नआउँदै भासिएको हो ।

पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। यो पुल निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भासिएको हो।

सिरहातर्फबाट दोस्रो स्पान करिब एक फिट तल भासिएको जनाउँदै यसमा कमसल वस्तुको प्रयोग वा गुणस्तरहीन कार्य भएको हुन सक्ने कँडेलको आशंका छ।

पप्पु कन्सट्रक्सन र ज्यान जेभीले सुरु गरेको पुल निर्माणको काम म्याद थपिदै जाँदा अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । ‘२०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो ।
२४ करोड ४२ लाख कुल लागतमा यो पुल निर्माण भएको थियो। 
 

पुल भासियो

विशेष