News

प्रधानमन्त्रीले आजै बोलाए मन्त्रिपरिषद बैठक, यस्ता छन् एजेण्डा

प्रधानमन्त्रीले आजै बोलाए मन्त्रिपरिषद बैठक, यस्ता छन् एजेण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) साँझ ६ बजे वस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वस्ने छ। बैठकले रिक्त चार सचिव नियुक्ति गर्ने तयारी छ। सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ ।

प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उनीहरुमध्ये एक जना सचिव नियुक्त हुनेछन् ।

यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । सो समूहबाट एक–एक जना सचिव बन्ने जनाईएको छ।

यता प्रशासन सेवाबाट एक जना मात्र सहसचिव डा.दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिव बन्ने पक्का भएको छ । 
 

केपी शर्मा ओली मन्त्रिपरिषद बैठक

विशेष