News विदेश Breaking News मुख्य समाचार समाज

चीनमा फेरि देखियो कोरोना संक्रमण

चीनमा फेरि देखियो कोरोना संक्रमण

 

गुआंग्डोंग । चीनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । केही महिनादेखि संक्रमण देखिन बन्द भएको चीनमा मेदेखि फेरि संक्रमितहरु देखिन थालेका हुन् । 

चीनको गुआंग्डोंगमा आइतबार २० नयाँ स्थानीय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । चिनियाँ अधिकारीहरूले दक्षिणी चिनियाँ प्रान्तको राजधानीमा नयाँ संक्रमितहरु फेला परेको बताएका हुन् । 

साउथ चाइना मार्निंग पोस्ट (एससीएमपी) का अनुसार स्थानीय अधिकारीहरूले संक्रमणको प्रसारलाई रोक्नको लागि स्वास्थ्य मापदण्ड अपनाउन र परीक्षणलाई तीव्र बनाएका छन् । 

त्यसैगरि गुआंग्डोंगमा प्रतिबन्धात्मक उपायहरु अवलम्बन गर्दै प्रान्त छोडेर बाहिर नजानसमेत निर्देशन दिएका छन् । स्थानीय स्वास्थ्य अधिकारीका अनुसार गुआंग्डोंगमा २० वटा स्थानीय संक्रमितहरु देखिएका मध्षे १६ जना कोरोनाको लक्षण देखिएको छैन भने चार जनामा कोरोनाको लक्षण देखिएको छ । 

प्रान्तीय राजधानी गुआन्झाउमा १८ जनाका संक्रमण देखिएकोमा १४ जनामा लक्षण देखिएको छैन भने चार जना लक्षणसहितका संक्रमितहरु रहेका छन् । एससीएमपीका अनुसार, गुआंग्डोंगको प्रकोप एक वर्षपछि फेरि ७५ वर्षीया महिलामा संक्रमण देखिएको हो । उनले स्थानीय रेस्टुरेन्टमा गएर खाना खाएपछि उनको अरु सम्पर्कमा नभएको बताइएको छ । 

हाल उक्त रेस्टुरेन्ट सिल गरिएकव छ । स्थानीय मिडियाले फेरि संक्रमण देखिनु "डरलाग्दो" भएको उल्लेख गरेका छन् । सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लिएसँगै लाखौंको मृत्यु भइसकेको छ । 

विशेष