News राजनीति

माओवादी केन्द्रलाई वैधानिक्ताको विल्ला, लेटरप्याड दुरुपयोग !

माओवादी केन्द्रलाई वैधानिक्ताको विल्ला, लेटरप्याड दुरुपयोग !

पुस्पकमल दाहाल प्रचण्डको पार्टी खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ । नेकपा माओवादी केन्द्र अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा निवदेन दर्ता भएको थियो ।

नेकपा एमालेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी र प्रभु साहलगायतका नेताहरुको सक्रियतामा दर्ता भएको निवेदन खारेज भएको हो । 
आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको निर्णय गरेको छ । अधिवक्ता सरोज बुढाथोकीले असार २३ गते उक्त निवदेन दर्ता गराएका थिए ।

यसैगरी, भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्र विरुद्ध दर्ता गरेको निवेदन पनि आयोगले खारेज गरेको छ । माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर आयोगमा निवेदन दर्ता गराउने पराजुलीलाई सचेत गराउने निर्णयसमेत भएको हो ।

अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले पराजुलीलाई सचेत गराउने निर्णय गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले दुवै निर्णय खारेज गर्ने निर्णय गरेको आयोगको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्र पुस्पकमल दाहाल प्रचण्ड

विशेष