News

दिपक मनाङेको खेलुकद मन्त्रालयमा ह्याट्रिक, सरकारले अझै पुर्णता पाएन

दिपक मनाङेको खेलुकद मन्त्रालयमा ह्याट्रिक, सरकारले अझै पुर्णता पाएन

आफुले तोकेको मन्त्रालय पाउनु पर्ने भन्दै लामो समय सपथ ग्रहणमै भाग नलिएका गण्डकी प्रदेशका विनाविभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले अन्ततः खेलकुद मन्त्रालयमा ह्याट्रिक गरेका छन् । 

लामो समयसम्म विना विभागिय मन्त्री वसेका दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरेका थिए।  गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताउँदै आएका उनी अन्तिम अवस्थामा खेलकुद मन्त्रालयमै सिमित भएका छन।

गत २९ जेठमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको सरकारमा मनाङ्गेसहित चार जनाले विभागीय जिम्मेवारी विना नै मन्त्रीको शपथ लिएका थिए। यीमध्ये २ जनाले असार १३ गते मन्त्रालयको जिम्मा सम्हालेका थिए। कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालय र नेकपा (माओवादी)बाट मधुमाया अधिकारी गुरुङले स्वास्थ्य मन्त्रालयको कार्यभार लिएका थिए। 

मनाङेसहित दुई जनाले मन्त्रालयको जिम्मेवारी लिएका थिएनन्। विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपासँग चारबुँदे सहमति गरेको थियो। कांग्रेसले अर्थसहित जसपालाई २ मन्त्रालय दिने सहमति गरेको थियो। सहमति भए पनि कांग्रेसले सहमति तोडेपछि मन्त्रालय विस्तारमा किचलो सुरु भएको थियो। 

आज आइतवार आफ्नो अडानबाट पछि हट्दै दुई मन्त्रीले आफूले नचाहेको मन्त्रालयको जिम्मेवारी लिएका हुन्। अर्थ मन्त्रालयमा दाबी गर्दै आएका हरिशरण आचार्यले ऊर्जा र भौतिक मन्त्रालय दाबी गरेका मनाङेले पुनः तेस्रो पटक खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

इज्जत बचाउन आफुले भौतिक मन्त्रालयको दाबी छोडेको मनाङेले वताएका छन् । उनले संसद विघटन हुन नदिन पृथ्वीसुब्बा गुरुङको साथ छोडेको पनि दोहो¥याए। कार्यभार सम्हाल्दै मनाङेले निर्वमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रशंसा पनि गरे। 

सरकारले अझै पनि पूर्णता पाउन सकेको छैन। ११ मन्त्रालय रहेको प्रदेशमा अझै ७ वटा मन्त्रालयको टुंगो लगाउन बाँकी नै छ। 

दिपक मनाङे

विशेष