माओवादी केन्द्रको रोग जसपामा, पार्टी खारेज गर्न माग गर्दै रिट दर्ता

नेकपा माओवादी केन्द्रमा देखिएको रोग जनता समाजवादी पार्टीमा सरेको छ।
जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै आईतवार सर्वोच्च अदालतमा रिट परेको छ। राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दर्ता गरेका छन् ।
रिटमा जसपाको एकीकरण खारेज गरेर राजपा र समाजवादी पार्टी कायम गराउने परमादेश माग गरिएको छ।
तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी एकता भएर बनेको जसपा वनेको थियो ।
दुई पार्टीबीचको एकता प्रक्रिया नै त्रुटीपूर्ण, कानुनविपरीत भएको भन्दै उत्प्रेषण आदेशबाट बदरको माग गर्दै रिट दायर भएको हो।
यसअघि यहि समस्या माओवादी केन्द्रमा देखिएको थियो । नेकपा माओवादी केन्द्र अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा निवदेन दर्ता भएको थियो ।
नेकपा एमालेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी र प्रभु साहलगायतका नेताहरुको सक्रियतामा दर्ता भएको निवेदन आज मात्रै आयोगले खारेज गरेको छ।
माओवादी केन्द्र अवैधानिक रहेको भन्दै अधिवक्ता सरोज बुढाथोकीले असार २३ गते उक्त निवदेन दर्ता गराएका थिए ।