News

२५० डलरमै टेलीकमका हरेक उपभोक्ताको कल डिटेल खरिद गर्न पाइन्छ !

२५० डलरमै टेलीकमका हरेक उपभोक्ताको कल डिटेल खरिद गर्न पाइन्छ !

चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर अट्याक्ट’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा आक्रमण गरी नेपाली प्रयोगकर्ताको कल डिटेल चोरी गरेका छन्  ।

चिनियाँ ह्याकरले दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी नेपालीहरुको कल डिटेल चोरी गरेको जनाईएको छ । प्राविधिक विज्ञहरुका अनुसार ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेर आक्रमण गरेका हुन् ।

जानकारी गराईए अनुसार ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको पाइएको छ ।

गत जुन २९ मा नै टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखिएको पाईएको छ । यो सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डेटा पनि सँगै बिक्रीमा राखेको छ । यो सैगै अव नेपाल टेलीकमका उपभोक्ता जो सुकैको कल रेडर्क २५० डलरमा खरिद गर्न सकिने भएको छ।

सर्भरमा ह्याकरले आक्रमण गरेपछि टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको छ । शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीले बताए ।

चीनको ट्याग–२२ ग्रुपले सर्भर हृयाक गरेका दावी गरेको छ । यो सूमह चीनको राज्य सञ्चालित समूह रहेको दावी गरिएको छ ।

गत असार ९ गते बिहान करिब अढाई घण्टा टेलिकमको जीएसएम सेवा अवरुद्ध भएको थियो । त्यसमा पनि यसको कनेक्सन हुनसक्ने अनुमान टेलिमका अधिकारीहरुले गरेका छन् । 

विशेष