News

१३ घण्टामा १० वुँदे सहमति गर्दै सकियो एमाले कार्यदलको वैठक 

१३ घण्टामा १० वुँदे सहमति गर्दै सकियो एमाले कार्यदलको वैठक 

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले तेह्र घन्टाको प्रयासपछि १० बुँदे सहमति गरेको छ । एमालेका सचिव प्रदीप कुमार ज्ञवालीले १० बुँदे प्रस्ताव पढेर सुनाए । 

दस बुँदे सहमतिको प्रस्तावमा एकता कमजोर भएको उल्लेख गर्दै यस्तो स्थितिको अन्त्य गर्न एकताको रक्षा र विकास र सुदृढीकरणका लागि निर्णय गरिएको उल्लेख गरिएको छ।

कटुतापूर्ण अन्तरविरोधलाई विधिसम्मत अन्त्य गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा फर्कने, २०७७ फागुन ४ गतेको निर्णयपछि एमालेमा आएकाहरुलाई ससम्मान राखी अन्यलाई पुरानै अवस्थामा राख्ने, सदस्यता नवीकरणलगायत महाधिवेशनका लागि कार्यदल गठन गरिनेलगायतका सहमति भएको जनाईएको छ ।

यो सहमतीको प्रस्ताव अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाइनेछ। कार्यदलको सिफारिस कार्यान्वयनका लागि स्थायी समिति बैठक बस्ने सहमति पनि भएको छ। स्थायी समितिको वैठक आजै वोलाईएपनि कार्यदलको वैठक नसकिएकाले भोलीका लागि स्थगित गरिएको छ।

कार्यदल

विशेष