News

काठमाण्डौ भ्यु टावर निर्माणमा जथाभावी खन्दा आसपासका वस्ती धरापमा

काठमाण्डौ भ्यु टावर निर्माणमा जथाभावी खन्दा आसपासका वस्ती धरापमा

काठमाण्डौंको पुरानो बसपार्कमा निर्माणाधिन २९ तले ‘काठमाण्डौ भ्युटावर’ का कारण आसपासका वस्ति जोखिममा परेका छन् । 

काठमाडौँ भ्यु टावरको पाईलिङ्गमा अनुभब नभएका व्यक्तिहरुलाई काममा लगाईएको र गुणस्तरहिन काम  भईरहेकाले भ्यु टावले जोखिम वढाएको स्थानीयको गुनासो छ । पाईलिङ्ग गर्दा जमिनको सतह निक्कै तलसम्म खन्नेर कंक्रिटको स्टक्चर बनाईन्छ।

तर,  खन्ने काम समेत जथाभाबी गरिएको एक स्थानीयले वताए । पाईलिङ्गमै मापदण्ड विपरित गुणस्तरहिन काम भएपछि जमिन कमजोर हुने आसपासको क्षेत्र जोखिममा पर्ने उनले वताए । ठुलो भुकम्प आए ‘भ्यु टावर’ सँगै नजिकको बस्ति पनि जोखोखिममा पर्ने उनको आशंका छ।

स्रोतका अनुसार भ्यु टावरका मुख्य ठेकेदार मनोज भेटबालले भारतीय पेटी ठेकदारलाई ज्यान मार्ने धम्की दिदै उनको सामान कब्जा गरेर आफुखुसी काम गराईरहेका छन् । उक्त कामको लागि भारतीय ठेकेदारसँग सम्झौता गरिएको छ। तर, उनले काम गर्न पाएका छैनन् । भेटवालले आसेपासेलाई लगाएर काम गराईरहेकाले आफु पीडित भएको पेटी ठेकेदार हेमचन्द्रको गुनासो छ।

भ्यु टावर निर्माणको काम गरिरहेका नेपाली कामदारसँग त्यसको खासै अनुभव नभएको वताएका उनले त्यसै कारण आफुहरुसँग सम्झौता गरिएको दावी गरे । सम्झौता र सामान दुवै भएपछि स्किल नै नभएका कामदार राखेर काम गराईरहेको उनको भनाई छ । पछि दुर्घटना भए हेमचन्द्र कानुनी रुपमा आफु जेल पर्ने भयले हेमचन्द्र त्रसित छन् ।

आफुखुसी काम गर्ने र अनुभव नभएका कामदार मार्फत निर्माणको काम गर्नु पर्ने भएकाले भेटवालले वाहिरी मानिसलाई भित्र जान समेत रोक लगाएका छन् । पेटी ठेकेदार हेमचन्द्र (भारतीय ठेकेदार) का अनुसार भेटवालले ट्यापे/मुन्द्रे पालेर राखेका छन। उनको विरुद्धमा वोल्ने सवैलाई तिनै ट्यापे/मुन्द्रे लगाएर धाक–धम्की दिने गरिएको छ।

स्रोतका अनुसार भेटवालले प्रहरीलाई समेत महिनावारी नजराना वुझाउने गरेका छन् । प्रहरी/प्रशासन सवै आफनो पैसावाट चल्ने भएकाले उनले खुलेहाम गुण्डागर्दी गर्ने गरेको स्रोतको दावी छ। उनले कयौं पटक सार्वजनिक रुपमै प्रहरी/प्रशासन मेरो गोजीमा छ भन्दै हिड्ने गरेको उनलाई नजिकवाट चिन्नेहरु वताउँछन्।

भेटवाल विरुद्धका गुनासो, उनको कामको वारेमा आउने प्रतिक्रिया सवैलाई प्रहरी÷प्रशासन र सरोकारवाला निकायसमेतले वेवास्ता गर्नुले पनि उनको वोलिमा सत्यता देखिने उनीहरुको भनाई छ ।

सञ्चारकर्मीसँग भने भेटवाल सम्पर्कमा आउने गरेका छैनन्। उनको सम्पर्क नम्वर अधिकांश समय स्विच अफ रहने गरेको छ। फोन लागि हाले पनि नउठाने र उठाई हाले पनि अर्थ नै नलाग्ने र वुझ्दै नवुझने शैलीमा २÷४ वटा शब्द वोलेर फोन काट्ने गरेका छन् । उनलाई भेटन जाँने सञ्चारकर्मीलाई भने आफुसमेत लागेर भौतिक आक्रमण गर्ने गरेका छन्। 

अधिकांश सञ्चारकर्मीले निर्माणाधिन भ्यु टावर भित्र पस्ने आँटै नगरेको पेटी ठेकेदार हेमचन्द्रको दावी छ।

यो पनि

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

 

मनोज भेटवाल काठमाण्डौ भ्युटावर पेटी ठेकेदार हेमचन्द्र आसपासका वस्ती धरापमा

विशेष