News

एमाले कार्यदलको वैठक वस्दै, यस्तो छ सहमतिको मस्यौदा

एमाले कार्यदलको वैठक वस्दै, यस्तो छ सहमतिको मस्यौदा

नेकपा एमालेको एकता कार्यदलको बैठक अहिले बस्दैछ । वैठकले पार्टी एकताका लागि कार्यदलले तयार पारेको ९ बुँदे मस्यौदामाथि छलफल हुने जनाईएको छ ।

मस्यौदामा लगभग सवैको सहमति वनिसकेकाले सामान्य छलफलपछि र कार्यदलका सबै सदस्यले हस्ताक्षर गरेर स्थायी कमिटीमा पेश गर्ने समझदारी भएको छ ।

मस्यौदालाई स्थायी कमिटीले आजै अनुमोदन गर्ने जनाईएको छ । सर्वोच्च अदालतको फैसलाअघि नै एमाले एक भएको सन्देश दिन स्थायी कमिटीबाट आजै अनुमोदनको तयारी गर्न लागिएको हो ।

श्रोतको अनुसार एमालेलाई २०७५ जेठ २ अघिको संरचनाबाट अघि बढाउने र यसबीचमा बनेका समानान्तर कमिटीहरुको व्यवस्थापनका लागि कार्यदललाई सशक्त बनाउने गरी कार्यदलले सहमति गरेको छ।

कार्यदलमा २०७५ जेठ ३ गतेको नेकपा एमालेको अन्तिम बैठकले माओवादीसँग एकता गर्नुअघि थपिएका ४१ जना केन्द्रीय सदस्य तथा नेकपा विघटनपछि एमालेमै रहेका २३ जना पूर्व माओवादी केन्द्रीय सदस्यलाई समेत सम्बोधन गर्ने गरी सहमति जुटाएको छ ।

यसका साथै माधव नेपाल पक्षबाट केही सदस्य केन्द्रीय कमिटीमा थप्ने र विधान संशोधनमा समेत सहमति भएको छ । 
 

कार्यदल

विशेष