पहिरोले एम्बुलेन्स पुरेपछि बिरामीको मृत्यु, चालकले भागेर ज्यान वचाए
कास्कीको मादी गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको एम्बुलेन्स पहिरोले पुरिदा बिरामीको मृत्यु भएको छ ।
मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खसेको थियो । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तलसम्म वगाएर पुरेपछि ८३ वर्षीय विरामी गोमा अधिकारीको गाडीमै मृत्यु भएको छ ।
एम्बुलेन्स चालक सुवास अधिकारीले भागेर ज्यान वचाएका छन्। घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए।
वाढी पहिरो एम्बुलेन्स पहिरोले पुरियो