News राजनीति

शुक्रबारको केन्द्रीय कमिटी वैठकमा माधव पक्ष सहभागि नहुने

शुक्रबारको केन्द्रीय कमिटी वैठकमा माधव पक्ष सहभागि नहुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवारका लागि वोलाएको केन्द्रीय कमिटी वैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष उपस्थित नै नहुने भएको छ । 

बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

ओलीले दुई दिन अघि वोलाएको वैठकले एमालेलाई २०७५ जेठ २ कै अवस्थावाट सञ्चालन गर्ने निर्णय गरेपछि शुक्रवारको वैठकका लागि पुरानै हैसियतमा नेताहरुलाई बोलाएको छ ।

तर, ओली पक्षधरले गरेको निर्णय जेठ २ को अवस्थामा पुर्याउने नभई अन्यत्रै पुर्याउने नियतले भएको भन्दै नेपाल पक्षले त्यसलाई अस्विकार गरेको छ । जेठ २ को अवस्था भनेपनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएकाले शुक्रवारको वैठकमा सहभागि नहुने निर्णय भएको उपाध्यक्ष अष्टलक्ष्मी साक्यले जानकारी दिईन।

संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ (शुक्रवार) को बैठक नै डेडलाइन हुने बताएको छ ।

नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ । माधव पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए । 
 

केपी शर्मा ओली माधवकुमार नेपाल केन्द्रीय कमिटी वैठक

विशेष