News

सञ्चालन नहुँदै भासिएको पुलको मापदण्ड परिक्षण गर्न मन्त्रीको माग

सञ्चालन नहुँदै भासिएको पुलको मापदण्ड परिक्षण गर्न मन्त्रीको माग

प्रदेश २ को भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सिरहाको बबसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएपछि त्यसको मापदण्ड मापदण्ड परिक्षण गर्नु आवश्यक भएको वताएका छन्।

सामाजिक सञ्जाल फेसवुकमा विहिवार भासिएको पुलको फोटोसहित आफनो धारणा सार्वजनिक गर्दै मन्त्री साहले लेखेका छन्–‘ हुलाकी सडक खण्डमा भासिएको कमला पुलको मापदण्ड परिक्षण गर्नु आवश्यक।’

हुलाकी राजमार्ग अन्तर्गत पर्ने सो पुल सञ्चालनमा नआउँदै विहिवार भासिएको हो । पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको छ। 

स्पान करिब एक फिट तल भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पुष्टि गरेका छन् । कमसल वस्तुको प्रयोग वा गुणस्तरहीन कार्य भएको हुन सक्ने कँडेलले आशंका गरेका छन् ।

पप्पु कन्सट्रक्सन र ज्यान जेभीले सुरु गरेको पुल निर्माणको काम म्याद थपिदै जाँदा अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । ‘२०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो ।

२४ करोड ४२ लाख कुल लागतमा यो पुल निर्माण भएको थियो।
 

शैलेन्द्र साह कमला पुल

विशेष