निषेधाज्ञाको धज्जि उडाउँदै सिराहामा वैंकको शाखा उद्घाटन
कोरोना संक्रमणका कारण जिल्ला–जिल्लामा सुरु गरिएको निषेधाज्ञा अझै खुलेको छैन । सरकारले निषेधाज्ञालाई केहि खुकुलो वनाउने निर्णय मात्रै गरेको छ। र, सम्वन्धित जिल्लाले अवस्था मुल्यांकन गरेर निषेधाज्ञालाई कडा वा खुकुलो वनाउँदै लगेका छन्।
तर, सिरहामा भने वैंकको शाखा उद्घाटनका नाममा विहिवार जात्रा नै देखाईएको छ । सदरमुकाम सिरहामा विहिवार माछापुछ्रे बैंकको नयाँ शाखा उद्घाटन गरिएको छ । वैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो र सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले नयाँ शाखाको उद्घाटन गरेका छन् ।अध्यक्ष महतो विवादास्पद र सन्काहा स्वभावका ब्यक्ती हुन । राजनीतिक दलका नेतालाई करोडौं चन्दा दिएर किनेको फुर्ती लगाउँदै हिड्ने महतोको विभिन्न युवतीहरुसँग पनि नाम जोडिने गरेको छ।
उद्घाटन कार्यक्रममा स्वाथ्य मापदण्डलाई पुर्ण रुपमा वेवास्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले असार १४ गते मात्रै निषेधाज्ञा थप गर्दै निश्चित भईसकेका विवाह, मृत्युलगायतका संस्कारमा समेत १० जनाभन्दा बढी भेला भए विभिन्न ऐन र विधेयकबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
तर, यसरी भिडभाड गरेर वैंकको शाखा उद्घाटन गरेर निषेधाज्ञाको उलंघन गरिएको स्थानीयले जनाएका छन् । उद्घाटन कार्यक्रममा उपस्थित भएको ब्यक्ति समेत अधिकांशले मास्क समेत प्रयोग नगरेको उनीहरुको भनाई छ ।
वैंक तथा वित्तिय संस्थाहरुले नै यसरी निषेधाज्ञा उल्लंघन गर्दा समेत जिल्ला प्रशासन कार्यालयले वास्ता गरेको छैन ।
सर्वसाधारणलाई भने अत्यावस्यक कामका लागि वजार निस्कदा समेत दण्डा वर्साउने र जरिवाना असुल गर्ने प्रहरी/प्रशासनले यस्ता कार्यक्रममा रोक नलगाएर थप प्रोत्साहन गर्नुले निषेधाज्ञा गरिवका लागि मात्र रहेछ। भन्ने पुष्ट भएको स्थानीयवासी वताउँछन् ।
‘कोरोना भनेको गरिव जनताले मात्र सार्ने हो जसरी ब्यवहार गरिन्छ’ उदघाटन कार्यक्रम हेर्न आएका एक स्थानीयले भने–‘ठुला मान्छेले त जसो गर्दा पनि ठिकै हुँदोरछ।’
जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा
कोरोना संक्रमण माछापुछ्रे बैंक शाखा उद्घाटन वीरेन्द्रप्रसाद महतो