News

एमाले एकतामा अर्को अड्चन, माधव नेपालले खोजे भुमिका

एमाले एकतामा अर्को अड्चन, माधव नेपालले खोजे भुमिका

नेकपा(एमाले) विवाद समाधान कार्यदलको बैठक आजै विवाद समाधान गरेर सहमति गर्ने  गरी बसिरहेको छ ।

सहमति भएमा आजै  दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिएका थिए ।

कार्यदलले ९ वुँदे सहमतिको प्रस्ताव तयार पारेको छ। तर, माधवकुमार नेपालले ९ मध्ये एउटा वुँदामा असहमति जनाएपछि एमाले एकतामा फेरी पनि संकटमा पर्ने देखिएको छ।

मस्यौदामा ‘सरकार र पार्टीका काम गर्दा दुवै पक्षको सहमतिमा गर्नुपर्ने र पार्टीको निर्णयअनुसार गर्ने’ भन्ने वुँदामा नेपालले सहमति जनाएका छैनन् । माधवकुमार नेपाल र उनी पक्षको भूमिका समेट्न राखिएको यो वुँदा अस्पष्ट भएको उनीहरुको भनाई छ ।

नेता नेपालको भुमिकालाई स्पष्ट रुपमा लिपी वद्ध गर्नु पर्ने उनीहरुको माग छ। 
कार्यदलका सदस्यहरुले सहमति करिब–करिब अन्तिम चरणमा पुगेको र आजभोली भन्दै सहमतिको दस्तावेज सार्वजनिक गर्ने भन्दै मिति सार्दै गएका वेला फेरी अर्को अड्चन आईलागेको छ ।

कार्यदल माधवकुमार नेपाल

विशेष