News

माछा मार्न गएका युवक बेपत्ता

माछा मार्न गएका युवक बेपत्ता

चितवनमा माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।  

श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए । ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  
रासस

विशेष