News

सरकारी कार्यालयमा हाकिमसहितको मदिरा भोज, सिडिओले सोध स्पष्टिकरण

सरकारी कार्यालयमा हाकिमसहितको मदिरा भोज, सिडिओले सोध स्पष्टिकरण

प्रदेश २ को सिरहा स्थित एउटा सरकारी कार्यालयका मदिरा पार्टी चलेका तस्विरहरु सार्वजनिक भएका छन् । मदिरा पार्टीका तस्विर सार्वजनिक भएसँर्ग त्यसको आलोचना सुरु भएको छ ।

सिरहाको लहानस्थित नापी कार्यालयका कार्यालय प्रमुख संजय सिंहसहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै मदिरा पार्टी गरेको दृश्य सामाजिक संजालमा सार्वजनिक भएको हो।

नापी कार्यालयका कार्यालय प्रमुख सिंहले शनिबार कार्यालयभित्रै मदिरा पार्टी गरेका हुन। असार मसान्तको अन्तिम भन्दै पार्टी गरेको भनेर केही सहभागिले फेसबुकमा मदिरा खाँदै गरेको दृश्यहरु सार्वजनिक गरेका छन ।

सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालय प्रमुख नै आफ्नै कार्यालयमा मदिरा पाटी गरेको दृश्यहरु सार्वजनिक भएपछि व्यापक रुपमा आलोचना भइरहेको छ ।

असार मसान्तको पार्टीमा कार्यालय प्रमुख सिंहको विदाई कार्यक्रम समेत जोडिएको थियो । दृश्यमा देखिए अनुसार, कार्यालयभित्रै दुई टेबललाई जोडेर सिग्नेचरको बोतल सहित ग्लासमा समेत मदिरा हालेर खानपिन गरिरहेको देखिन्छ। 

कर्मचारी सरोज कुमार मण्डलले आफ्नो फेसबुकमा केही तस्विरहरु फेसवुकमा सार्वजनिक गरेका थिए, तर केहि समयपछि नै उनले ति तस्विर हटाएका छन् ।

सिरहाका सिडिओ प्रदीपराज कँणेलले घटनाको बारेमा सत्य तथ्य बुझने काम भईरहेको वताएका छन् ।

विशेष