News

युवासंघले देखायो आक्रोश: प्रधानन्यायाधीश चोलेन्द्रको पुत्ला जलाईयो

युवासंघले देखायो आक्रोश: प्रधानन्यायाधीश चोलेन्द्रको पुत्ला जलाईयो

संसद पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको विरोध गर्दै सत्तारुढ नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको पुत्ला जलाएका छन्।

अदालतको फैसलाको विरोध गर्दै युवा संघका कार्यकर्ताले राजधानीमा प्रदर्शनसहित पुतला दहन गरेका हुन ।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध ¥याली नयाँ बानेश्वरतर्फ बढ्नेक्रममा युवा संघका कार्यकर्ताले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाहिर पुगेपछि प्रधानन्यायाधिश राणाको पुत्ला जलाएका थिए। प्रहरीले तत्कालै आगो निभाएको थियो।

अदालतको फैसला विरुद्ध देशब्यापीरुपमा आन्दोलन गर्ने निर्णय युवा संघले सार्वजनिक गरिसकेको छ। 
 

परमादेश चोलेन्द्र समशेर जबरा

विशेष