News

ज्योतिषीको भविश्यवाणी पुग्यो, देउवा अझै दुई पटक प्रधानमन्त्री !

ज्योतिषीको भविश्यवाणी पुग्यो, देउवा अझै दुई पटक प्रधानमन्त्री !

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको प्रतिनिधिसभा चुनावको मुखमा धनगढीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै आफू पुनः दुई पटक प्रधानमन्त्री बन्ने बताएका थिए ।

उनले त्यसोभन्दा सबैले खिल्ली उडाए। सबैभन्दा मजाक प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट नेता तथा कार्यकर्ताले गरेका थिए ।

तर, नभन्दै आज सर्वोच्च अदालतको आदेश पछि देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । गाउँका पुख्र्यौली ज्योतिषले देउवालाई थप दुई पटक प्रधानमन्त्री बन्ने बताएका थिए ।

नेपाली काँग्रेसले निर्वाचनमा पराजय भोगे पनि उनी साढे तीन वर्षपछि प्रधानमन्त्री बन्न लागेका हुन । 

अब देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दैछन्। ज्योतिषले सात पटकको ग्यारेण्टी दिएका छन् । आगामी चुनावी सरकारको नेतृत्व समेत उनले नै गर्ने बाटो खुल्दै गएकाले पटक–पटक प्रधानमन्त्री बनेर ज्योतिषको भविश्यवाणीलाई देउवाले पूरा पो गर्ने हो की ?
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।
यो पनि

देउवाले वोलाए विपक्षी गठवन्धनको वैठक

संसद विघटन असंवैधानिक ठहर, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश

शेरबहादुर देउवा

विशेष