News

देउबाको भविष्यवाणी गर्ने ज्योतिष भेटीए 

देउबाको भविष्यवाणी गर्ने ज्योतिष भेटीए 

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेको छ। संसद विघटनलाई बदर गरेको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो । योसँगै देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर भविष्यवाणी गर्ने ज्योतिषीको चर्चा सुरु भएको छ ।

२०७४ कात्तिक ३० गते प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा धनगढीमा पत्रकारहरुसँग देउवाले आफूलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने भनेर ज्योतिषीले भनेको बताएका थिए । सुरुमा देउबाले ज्योतिषको नाम खुलाएका थिएनन् । चौतर्फी खोजी भएपछि अन्तत  ज्योतिषको नाम सार्वजनिक भयो । देउबालाई सात पटक प्रधानमन्त्रि हुने भनेर भविष्यवाणी गर्ने व्यक्ति हुन् ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल । उनि दक्षिण एसियाली महासंघ नेपालका महासचिवसमेत रहेकाछन् । 

राशीमा पनि देउवा बलिया छन् । देउवा कुम्भ राशीका हुन् । यो राशि ज्यादै बलवान भएर आएको छ । ‘ओली मकर राशी भएकाले कमजोर र अहिले कुम्भ बलियो भएको बेला हो’, रिजालले भनेका थिए।

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल

विशेष