News

सर्वोच्चमा चलखेलको गन्ध सुँघेका प्रचण्डले भने– न्यायालयको गरिमा बढ्यो

सर्वोच्चमा चलखेलको गन्ध सुँघेका प्रचण्डले भने– न्यायालयको गरिमा बढ्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि न्यायालयको गरिमा बढेको बताएका छन् । 

सर्वोच्चको फैसलापछि प्रतिक्रिया ब्यक्त गर्दै दाहालले सर्वोच्च अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए।

पछिल्लो फैसालाले संविधानमाथि प्रहार हुँदा सर्वोच्चले सच्याएको रुपमा उनले प्रष्ट्याए । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई भएको भन्दै उनको टिप्पणी छ।

संविधान र सर्वोच्चको अघिल्लो फैसलाको मर्मलाई हेरेर आफूले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्ने विश्वास लिएको उनले बताए । 

तर, गत असार १४ गते पेशागत संगठनका व्यक्तित्वसँग विपक्षी पाँच दलीय गठबन्धनले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजना गरेको अन्तक्र्रियाका क्रममा भने ‘प्रचण्ड’ ले संसद विघटनलाई वैधानिकता दिलाउन ठूलो चलखेल भईरहेको गन्ध आएको वताएका थिए । उनलेका भनेका थिए–‘पुरानो नजिरलाई हेर्दा संसद् पुनःस्थापना हुन्छ भन्नेछ। तर अझैं म विश्वस्त बन्न सकेको छैन। ठुलो चलखेलको गन्ध आएको छ।’ 

यो पनि

‘ठूलो चलखेलको गन्ध आएको छ, संसद पुनर्स्थापना हुनेमा विश्वस्त छैन’

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष